मोबाइल फोन इम्पोर्टस एशोशिएसनले ट्राफिक प्रहरीलाई दियो आठ हजार थान मास्क
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
850
Shares
काठमाडौं। कोभिड १९ को महामारी नियन्त्रणमा सघाउ पुर्याउन मोबाइल फोन इम्पोर्टस एशोशिएसनले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आठ हजार थान मास्क हस्तान्तरण गरेको छ ।
सिहंदरबार बग्गीखानास्थित ट्राफिक प्रहरीको कार्यालयमा नै पुगेर मंगलवार एशोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् ।
एशोसिएसनका अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका सुरक्षा निकायलाई थप बल प्रदान गर्ने विश्वास व्यक्त गरे।