arrow

पत्रकार सुर्यकुमारको अन्त्यष्टी स्याङजामै गरिने

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
surya-kumar.jpg.jpeg
काठमाडौं । विहिवार बेलुका निधन भएका पत्रकार तथा गितकार सुर्यकुमार क्षेत्रीको अन्त्यष्टी गृहजिल्लामै गरिने भएको छ । उनका परिवारजनको ईच्छा बमोजिम उनको शव आजै स्याङजाको पिडिखोला लगिने भएको छ । क्षेत्रीका वुवा सहित पारिवारजन उनको घर स्याङजा पिडिखोलाबाट काठमाडौं आईपुग्नु भएको छ । 
 
गृहजिल्ला लैजानुअघि उनको शव अन्तीम श्रद्धान्जलीका लागि विहान ९ बजे देखि केही घण्टा प्रतिष्ठानको परिसरमा राख्न लागिएको युनियनका महासचिव अजयवावु शिवाकोटीले जानकारी दिए । 
 
नेपाल प्रेस युनियनका सचिव समेत रहेका क्षेत्रीलाई युनियन र राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानले श्रद्धान्जलीका लागि प्रतिष्ठान परिसरमा राख्न लागेको हो । 
 
उनको निधनपछि विहान ८ बजे प्रेस युनियनको आकस्मीक बैठक बसेको छ ।  
 
क्षेत्रीको बिहिवार राती सवा ९ वजे अन्नपूर्ण न्यूरो अस्पताल माइतिघरमा निधन भएको हो । २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचार गराईरहेका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि माईतिघर स्थीत अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो। केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो। बिहिवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्याइएका क्षेत्रीको चिकित्सकहरुले उपचारका क्रममा राती सवा ९ वजेतिर मृत घोषित गरेका हुन् ।
 
क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन । उनका बा आमा स्याङजाको पिडिखोलामा बस्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ