arrow

लकडाउनको बीच कान्तिपुर सिटी कलेजले सुरु गर्‍यो भर्चुअल कक्षा

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
kcc-online-class.jpg

काठमाडौं। सूचना प्रबिधि क्षेत्रको अग्रणी कलेज कान्तिपुर सिटी कलेजले लकडाउनकोबीचमा विभिन्न विषयका भर्चुअल कक्षाहरुको संचालन सुरु गरेको जनाएको छ।

‘बिगतमा पनि बिद्यार्थी र शिक्षकबीचको अन्तक्रियाहरु भर्चुअल रुपमा नै हुदै आएका थिए, यो महामारीको बिषम परिस्थितिमा कक्षा नै संचालन गरिरहेका छौं।  शिक्षक र विद्यार्थीवर्गले भर्चुअल कक्षाकोठाको नयाँ अनुभव पाइरहेका छन्,’ कलेजका प्रधानाध्यापक राजु कट्टेल बताए।

कलेजले आफ्नो मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसिए)को पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्ट्स् इन मास कम्युनिकेसन एन्ड जर्नलिज्म (एमएएमसिजे)को पहिलो र तेस्रो समेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पिजिडिसिए) पहिलो सेमेस्टरको कक्षाहरु अनलाइनबाट संचालनमा ल्याइएको बताइएको छ।

इन्टरनेट र केही दिनयता विद्युत् आपूर्तिको समस्याका बाबजुद पनि लकडाउनमा रहेका विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भइरहेको बताइएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ