लकडाउनको बीच कान्तिपुर सिटी कलेजले सुरु गर्यो भर्चुअल कक्षा
प्रकाशित २०७७ वैशाख १० बुधबार
2.1k
Shares
काठमाडौं। सूचना प्रबिधि क्षेत्रको अग्रणी कलेज कान्तिपुर सिटी कलेजले लकडाउनकोबीचमा विभिन्न विषयका भर्चुअल कक्षाहरुको संचालन सुरु गरेको जनाएको छ।
‘बिगतमा पनि बिद्यार्थी र शिक्षकबीचको अन्तक्रियाहरु भर्चुअल रुपमा नै हुदै आएका थिए, यो महामारीको बिषम परिस्थितिमा कक्षा नै संचालन गरिरहेका छौं। शिक्षक र विद्यार्थीवर्गले भर्चुअल कक्षाकोठाको नयाँ अनुभव पाइरहेका छन्,’ कलेजका प्रधानाध्यापक राजु कट्टेल बताए।
कलेजले आफ्नो मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसिए)को पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्ट्स् इन मास कम्युनिकेसन एन्ड जर्नलिज्म (एमएएमसिजे)को पहिलो र तेस्रो समेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पिजिडिसिए) पहिलो सेमेस्टरको कक्षाहरु अनलाइनबाट संचालनमा ल्याइएको बताइएको छ।
इन्टरनेट र केही दिनयता विद्युत् आपूर्तिको समस्याका बाबजुद पनि लकडाउनमा रहेका विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भइरहेको बताइएको जनाइएको छ।