arrow

बलात्कारको प्रयास गर्ने प्रहरी निलम्बन

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
police-man.jpg.jpeg
जाजरकोट। वैशाख २४ गते बिहान ६ बजे गस्तीमा खटिएका बेला बालिकालाई बलात्कारको प्रयास गर्ने एक प्रहरी निलम्बनमा परेका छन्।
 
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान हरिबहादुर खड्कालाई गस्तीमा रहेका बेला खलङ्गा राना गाउँकी १४ वर्षीया राधिका बुढालाई बलात्कारको प्रयास गरेका थिए।
 
पीडित बालिकाका आफन्तले प्रहरीमा खबर गरेलगत्तै दैलेख घर भएका खड्काको जागिरबाट नै अवकाश गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ