arrow

देउवाको जिल्लामा आगो निभाउने दमकल नै भेटिएन, ११ उद्धारकर्ता घाइते

पानीको हाहाकार भइरहेकै बेला आगलगी

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
aaglagi-new.jpg.jpeg
डडेल्धुरा । डडेल्धुराको बागबजारमा भीषण आगलागी भएको छ । बागबजारको तल्लो क्षेत्रमा विहान साढे ७ बजेतिर खाना पकाउने क्रममा लागेको आगो निभाउन खोज्दा ११ जना घाइते भएका छन् । 
 
घाइते हुनेमा ३ सुरक्षाकर्मी ८ स्थानीय छन् । डडेल्धुरा सदरमुकामा एक साता देखि पानीको हाहाकार भएकाले  लामो समय सम्म आगो नियन्त्रण गर्न कठिनाई भएको त्यहाँबाट सहकर्मी टेकराज अवस्थीले जानकारी दिए । विडम्पना डडेल्धुरा जिल्लामा वारुण यन्त्र छैन । डोटीको वारुणयन्त्र आउँदा सम्म आगो निभ्न लागिसकेको थियो । 
 
कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्लामा एक पछि अर्को घटना भइरहेका छन् । तर, प्रशासनिक क्षेत्रहरु र सार्वजनिक संस्थानहरु भद्रगोल भएका छन् । एक दशक अघि बाढी पहिरोको चपेटामा परेका पीडितहरुले न्याय पाउन नसकेको डडेल्धुरामा एक पछि अर्को घटना भइरहेका छन् । केही दिन अघि बागबजारमै होटल भत्किदा थुप्रै घाइते भएका थिए । 
 
आगलागीले एक भारतीय मुसलमान समुदायका व्यापारीको सिरक डस्ना बनाउने पसल र डडेल्धुराकै एक स्थानीयको किराना पसल ध्वस्त भएको छ । डडेल्धुराको अमरगढी नगरपालिकासँग भएको एउटा दमकल समेत विग्रिएकाले आगो निभाउन स्थानीय र सुरक्षाकर्मीनै खटिए । जस क्रममा ११ जना घाइते भएका छन् । आगोले पसल भित्र रहेका ग्याँस सिलिण्डर समेत पड्किएका छन् । 
 
यसअघि २०७१ साल पुस १९ गते पनि बागबजारमा भीषण आगलागीभएको थियो । ती अग्नी पीडितको अझै पीडा सकिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ