arrow

एमाओवादीलाई कांग्रेसको हात समाउन छट्पटी

बैठकको निष्कर्ष : वर्तमान सरकारको हातबाट संविधान कार्यान्वयन, द्रुत गतिको पुनःनिर्माण र आन्दोलनरत संघीय गठबन्धनको माग सम्बोधन सम्भव छैन

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
sthai-samiti-_meetin.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादीले सबै राजनीतिक दलहरुसँग राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि छलफल अघि बढाउने निर्णय गरेको छ । विहान बसेको पार्टी स्थायी समिति बैठकले कांग्रेस लगायतका विपक्षी दलहरुसंग समेत छलफल गर्ने निर्णय गरेको हो । बैठक पश्चात सञ्चारकर्मीहरुसँग पार्टी महासचिव कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमति र राष्ट्रिय एकता आवश्यक छ भन्ने हाम्रो पार्टीको निश्कर्ष छ ।’ एमाओवादीले मुख्य गरेर कांग्रेससंग मधेस समस्या समाधान लगायत विषयमा कुरा गर्ने भएको छ । 
 
राष्ट्रिय सहमति र राष्ट्रिय एकताले मात्र वर्तमान समस्याको समाधान गर्न सक्ने महराको भनाई छ । बैठकमा पहिलो निर्णय राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि दलहरुसँग बहस र छलफल गर्ने भएको बताए । उनले भने, ‘त्यसको लागि सरकारमा सहभागी एमाले लगायतका दलहरुसँग छलफल र बहस गम्भीर रुपले अघि बढाउने र सरकार भन्दा बाहिर रहेका अन्य पार्टी नेपाली काँग्रेससँग पनि छलफल गर्ने र जनजाती मधेसवादीहरुसँग समेत  छलफल र बहस गर्छौं ।’
 
बैठकको निष्कर्ष : वर्तमान सरकारको हातबाट यी तीन काम सम्भव छैन
 
संचारकर्मीलाई महासचिव महराले खास गरेर बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । जुन छलफल भित्र संविधान कार्यान्वयन,  द्रुत गतिको पुनःनिर्माण र आन्दोलनरत संघीय गठबन्धनको माग सम्बोधनका विषयमा छलफल भएको थियो । 
दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले वर्तमान सरकारले संविधान कार्यान्वयन, पुनःनिर्माण र संघीय गठबन्धनमा माग सम्बोधन गर्न नसक्ने भएकाले राष्ट्रिय सहमति र राष्ट्रिय एकता अपरिहार्य रहेको निष्कर्ष निकालेको महराले सुनाए । 
 
राष्ट्रिय सहमति र एकताका लागि मुख्य गरेर प्रमुख विपक्षी कांग्रेस र अन्य दलहरुसंग कुरा गर्नु पर्ने आफुहरुको ठहर रहेको उनले प्रस्ट्याए । वर्तमान सरकार यी तीन विषय टुंगो लगाउन सक्दैन । जसका लागि संघिय गठबन्धनलाई मनाउन र राष्ट्रिय एकता कायम गर्न पहिले कांग्रेससंग छलफल गर्न आवश्यक रहेको माओवादी नेताहरुको जोड छ । सरकारको काम कारवाहीबारे संचारकर्मीले सोधेको प्रश्नमा महराले नगरी नहुने यी तीन काम वर्तमान सरकारबाट सम्भव नरहेको भन्ने निष्कर्षमा पुगेको जवाफ दिए । 
 
यस्तै, बैठकमा विभाजित माओवादी पार्टी, शक्ति, समूह र व्यक्तिसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल र बहसलाई तीब्र पार्ने पनि निर्णय भएको महासचिव महराले बताए । ‘पार्टी एकता र ध्रुबीकरणका निमित्त पार्टीले छलफललाई तीब्र पार्ने निर्णय गरेको छ,–महराले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ