arrow

जनकपुरमा जानकी नवमीमा विशेष उत्सव नहुने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
janakpur1.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा प्रत्येक वर्ष  धुमधामका साथ मनाइँदै आएको जानकी नवमीमा यस वर्ष कोरोना महामारीका कारण विशेष उत्सव नहुने भएको छ ।

विश्वभरी कोरोना भाइरसको महामारी फैलिएका कारण नेपाल सरकारले लकडाउन गरेपछि जानकी नवमी उत्सवमा समेत यसको असर परेका छन ।

नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिने जानकी मन्दिर छोटे  महन्थ रामरोशन दासले बताए ।

उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले नेपाल सरकारले गरेको लकडाउनको पालन गर्नु अहिलेको प्रमुख आवश्यक्ता रहेका जानकारी दिए।

प्रत्येक वर्ष बैशाख शुक्ल नवमीका दिन मनाइँदै आएको जानकी जन्मोत्सवका दिन जानकी मन्दिरले भव्य कार्यक्रमको आयोजना गर्दै आएको थियो । यस वर्ष मन्दिर भित्रै जानकी जन्मोत्सवको अवसरमा नौ दिनसम्म पूजा आराधना गरिने  जानकारी दिए।

जानकी मन्दिर स्रोतका अनुसार बैशाख १२ गते घटस्थापनासँगै जानकी जन्मोत्सव मन्दिर भित्रै बैशाख २० गते मनाइने छ । महन्थ दासले विश्वभरी कोरोना महामारी फैलिएकोले जानकी जन्मोत्सवका दिन घर घरमै विशेष आरती गर्न तथा दिपोत्सव गर्न आग्रह गरेका हुन् ।

दास ले  बैशाख १२ गतेदेखि २० गतेसम्म प्रत्येक दिन जनकपुरधामबासीलाई आ(आफ्नो घरमै साँझ ७ बजे आरती गरि जानकी नवमी मनाउन समेत आग्रह गरेका छन् । साथै बैशाख २० गते साँझको समयमा सबै जनालाई घरघरमा दीपावली मनाउन दासले अपिल गरेको छ।

दासले का अनुसार ,’जानकी जीको आशिर्वादले हामी जनकपुरबासी कोरोना महामारीबाट सुरक्षित छौं, माता जानकी जी को कृर्पाले हामीहरुलाई सुरक्षित राखेकी छन् ।

त्यसैले हामी पनि उनको जन्मदिनमा घरमै बसी उनको नामले दीप जलाऔं, हाम्रो सबै रोग व्याधि निश्चित ठिक हुन्छ र हामी कोरोनामाथि विजयी प्राप्त गर्छौं ।’

यसअघिका वर्षहरूमा जानकी नवमीमा शोभा यात्रा, दुधमती शाही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी , रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको साँस्कृतिक कार्यक्रमसहितको कार्यक्रमहरूको आयोजना गरि जानकी नवमी भव्यताका साथ मनाउने गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ