arrow

ओलीले आलोचकलाई मुख फर्काए

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
kp-ili.jpg.jpeg
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकाले राम्रो काम गर्दा समेत केही स्वार्थी समूहले त्यसको विरोध गर्ने प्रयास गरिरहेको बताए । विराटनगर विमानस्थलमा संचारकर्मीसंग ओलीले सरकारले यसपटकको बजेटबाटै समृद्धिको बाटो खोल्ने समेत बताए । ।
प्रधानमन्त्री ओलीले संविधानको प्रभावकारी कार्यान्वयनका लागी सवैदल मिलेर अघि बढनुपर्ने बताए । सवैपक्ष मिलेर अघि बढनु आजको आवश्यकता भएकाले राष्ट्र हितमा केन्द्रित हुन सबैदललाई आग्रह गरे ।   
 
प्रधानमन्त्रीले नेपाली कांग्रेस सरकारमा सहभागी नभएपनि मुलुक र समाजलाई अघि बढाउने विषयमा  सहमतीका साथ अघि बढनुपर्ने बताए । ओलीले सत्तापक्ष प्रतिपक्षको अहिलेको मुख्य जिम्मेवारी संविधानको प्रभावकारी कार्यान्वय र  पुनःनिमार्ण भएकाले सहमती कायमगर्ने विषयमा कुनै दलले वाधा व्यवधान खडागर्न नहुने बताए ।  
 
प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुक बनाउने संकल्पका साथअघि बढी रहेकाले अब आउने बजेट मुलुकको सम्वृद्धिको बजेट हुने बताए ।  आउने बजेट विगतको जस्तो  परम्परागत नभई जनताले सम्झने खालको समग्र मुलुकको विकासको पक्षमा आउने प्रधानमन्त्री ओलीको भनाई छ । 
 
ओलीले मधेशको समस्या वार्ता छलफलबाट समाधान गर्न सरकार गम्भीर भएर लागेको बताए । द्धन्द र भिडन्तबाट सहमती कायम नहुने भएकाले संघीय गठबन्धनले समेत सहमतीबाट समस्याको समाधान खोज्ने विश्वास गरे । प्रधानमन्त्री ओलीले,  सिमाकंनको विषय टुंग्याउन राजनीतिक समिति गठन गरेर सरकारले त्यसको संयोजक समेत तोकिसकेकाले समितिलाई पूर्णता दिन मोर्चालाई आग्रह गरे । समस्या समाधान गर्नका सरकारले चाँडै सर्वदलिय बैठक बोलाउन लागेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ