arrow

कोरोनासँग लड्न हुम्लाका गैरसरकारी संस्थाले दिए ९ लाख ७६ हजार

logo
जनकबहादुर शाही
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
humla-ngo.gif

हुम्ला। हुम्लामा स्थापना गरेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको कोषमा जिल्लामा बिभिन्न क्षेत्रमा काम गर्दै आएका गैह्र सरकारी संस्थाहरुले ९ लाख ७६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

कोषमा गुडनेबर्स इन्टरनेस्नललै  १ लाख ५० हजार, किर्डाक नेपालले १ लाख १० हजार, स्नोल्याण्ड एकिकृत बिकास केन्द्रले १ लाख, नेपाल ट्रर्सले १ लाख, हेड नेपालले ५६ हजार २ सय ५०, सप्रोस नेपालले ५५ हजार,सिप नेपालले ५५ हजार, महिला कल्याण सेवाले ५० हजार ५ सय ५०, नेपाल अष्ट्रिया साझेदारी संस्थाले ५० हजार, हिमालय कन्जर्भेसन डिभलोमेण्ट एशोसीयसन हुम्लाले ५० हजार, आधार नेपालले ५० हजार, रिडर्स नेपालले ५० हजार, हिमाली बाल समाजले ५० हजार र हिमाली नबिन समाजले ५० हजार गरी जम्मा ९ लाख ७६ हजार ८ सय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिलाई उपलब्ध गराउने निर्णय गरेका थिए। 

सोहि आुसार हिमाली बाल समाज र हिमाली नबिन समाजले उपलब्ध गराउने रकम बाहेक अन्य सबै संस्थाहरुले समितिको खातामा रकम जम्मा गरि सकेको समितिका सदस्य सचिब एबं स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले बताए ।

जिल्लामा क्रियाशिल गैह्र सरकारी संस्थाहरुले आ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९ लाख ७६ हजार ८ सय रुपैयाँ समितिको खातामा जम्मा गरिएको हो। 

गैह्र सरकारी संस्थाहरुले कोरोना भाईरसबाट जिल्लामा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गरा संस्थाहरुले बताएका छन्। विभिन्न समाजपयोगी कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउँदै आएका संस्थाहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिलाई रकम उपलब्ध गराएको सहयोग राशीबाट कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने जिल्ला बिपद ब्यबस्थापन समितिले गरेकोे कार्यमा हातेमलो गरेको सप्रोस नेपालका हुम्ला संयोजक उमेश साउतले बताए ।

हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको संयोजकत्वमा गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिलाइ गैह्र सरकारी संस्थाबाट उपल्ब्ध रकम जिल्लामा निर्माण गरिएका क्वारेन्टिन ब्यबस्थापनमा खर्च गर्ने भनिएका भए पनि दाता संस्थाहरुले उक्त रकमबाट कोरोना बिरुद्ध लड्ने कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न प्रयोग गरिने पिपिई सेट,हेण्ड सेनिटाईजर, डिस्पोजएबल गोल्बस, के एन नाईन्टीन मास्क, सर्जिकल सर्जरि गोलब्स, सर्जिकल मास्क, स्प्रिड, डिजिटल थर्ममिटर र थर्मोगन खरिद गरि जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य शाखालाई बितरण गर्ने कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिका सदस्य सचिब एबं स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक शाहीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ