arrow

मलाई प्रधानमन्त्री हुन मन छैन

logo
वशिष्ठ अधिकारी, 
प्रकाशित २०७७ वैशाख १४ आइतबार
baluwatar-pm-quarter.jpg

वास्तवमा मलाई प्रधानमन्त्री हुन मन छैन 
हेर त निर्लज्जता ! जहाँ पदको कुनै वजन छैन ।

आज फेरि लम्पसार देखें छेवैको त्यो नालीमा
भ्रष्टाचारले नभिजेकोको बदन र ओछ्यान छैन ।

हे अधिकारकर्मी ! हक अधिकारको कुरा नगर
हेर त गरीव बेसहाराहरुको त जीवन छैन ।

खानुछ भने सरकारमा जाउ कलेजो फेरेर खाउ
गरीव त कराईरहन्छ – रासन छैन, रासन छैन ।

मुर्दाशान्तिको बालुवाटारमा देउसी किन खेल्छौ ?
षड्यन्त्रका महलहरु जहाँ शान्तिको आँगन छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ