-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
वास्तवमा मलाई प्रधानमन्त्री हुन मन छैन
हेर त निर्लज्जता ! जहाँ पदको कुनै वजन छैन ।
आज फेरि लम्पसार देखें छेवैको त्यो नालीमा
भ्रष्टाचारले नभिजेकोको बदन र ओछ्यान छैन ।
हे अधिकारकर्मी ! हक अधिकारको कुरा नगर
हेर त गरीव बेसहाराहरुको त जीवन छैन ।
खानुछ भने सरकारमा जाउ कलेजो फेरेर खाउ
गरीव त कराईरहन्छ – रासन छैन, रासन छैन ।
मुर्दाशान्तिको बालुवाटारमा देउसी किन खेल्छौ ?
षड्यन्त्रका महलहरु जहाँ शान्तिको आँगन छैन ।