arrow

प्राधिकरणले थप साढे ११ अर्ब भूकम्पपीडितको लागि निकासा गर्‍यो

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको आवास निर्माणको लागि भन्दै थप साढे ११ अर्ब रूपैयाँ थप निकासा गरेको छ। प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ अर्व ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको हो। 
 
यसरी निकासा गरिएको रकम गोर्खा, मकवानपुर, धादिङ, नुवाकोट सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, रसुवा, ओखलढुंगा र सिन्धुली जिल्लामा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सुची अनुसार वितरण गरिने गरी पठाईएको प्राधिकरणका प्रवक्त रामपप्रिसाद थपलियाले जानकारी दिए। यसअघि र अहिले गरी प्राधिकरणले आवास अनुदानतर्फ १२ अर्व, ५९ करोड, ७८ लाख ४२ हजार रुपैयाँ निकास गरेको छ। 
 
प्राधिकरणले यसरी निकासा गरेको रकममा पूँजीगत खर्चतर्फ केन्द्रीय आयोजना इकाई शिक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केन्द्रीय आयोजना इकाई, सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट स्वीकृत गरी रकम निकासा गरिएको प्राधिकरणले जनाएको छ। साथै सिँचाइ, खानेपानी तथा सरसफाई, उद्योग, वन तथा भू–संरक्षण, रक्षा, कृषि मन्त्रालय र सडक विभागबाट पेश हुन आएका कार्यक्रम हरू समेत स्वीकृत गरी रकम निकासा गरिएको प्राधिकरणले जनाएको छ।
 
विपद्पछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएनए)मा उल्लेखित सबै मन्त्रालय तथा निकायहरुलाई आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको विवरण प्राधिकरणमा पेश गर्न पनि प्राधिकरणले सबै मन्त्रालयहरुलाई अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ