विश्व स्वास्थ्य संगठनको आलोचना गलत मनसायबाट अभिप्रेरित : रूसी विदेशमन्त्री
सिन्हवा,
प्रकाशित २०७७ वैशाख १४ आइतबार
556
Shares
मस्को। कतिपय मुलुकहरूले अहिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्नुको पछाडि उनीहरूले कोभिड–१९ सङ्क्रमणको महामारीमा नियन्त्रणका लागि यथोचित भूमिकाको कमीलाई पुष्टि गर्नु रहेको रूसी विदेश मन्त्री सर्गेई लाभरोभलाई उद्धृत गर्दै रूसी ‘रिया नोवोस्ती न्यूज एजेन्सी’ ले लेखेको छ।
शनिबार उक्त समाचार संस्थाले सम्प्रेषण गरेको अन्तर्वार्तामा उनले भने, “मलाई राजनीतिकरणमा यो वा त्यो समूहमा सामेल हुने चाहना छैन तर विश्व स्वास्थ्य संगठनमाथिको आलोचनामा राजनीतिकरणको सङ्केत देखिन्छ।” “मेरो विचारमा ती आलोचनाहरू कोभिड–१९ को महहामारीविरूद्धको लडाईंमा आफ्ना ढिलो र अप्रयाप्त कामबाट आफूलाई निर्दोष देखाउने गलत विचारहरू मात्रै हुन्।”
उनले भने, “विश्व स्वास्थ्य संगठन आफैमा पूर्ण नहुनसक्छ तर यसले आफ्नो भूमिकालाई पूरा गरेको छ। एउटा नेतृत्वदायी अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनका रूपमा विश्व समुदायसँग सहकार्य गरेको छ।” विश्व स्वास्थ्य संगठनको गतिविधि यसका सदस्य राष्ट्रहरूद्वारा निर्धारण हुने उनको भनाइ थियो।