arrow

प्रहरीले महानगरमा कालो झण्डा गाड्न दिएन, गठबन्धन नेता पक्राउ

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
madhes-aandolan.jpg.jpeg.jpeg
काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले विरोध स्वरुप शुक्रबार देशभरका सरकारी कार्यालयमा कालो झण्डा गाड्ने कार्यक्रम गरेको छ । सोही क्रममा काठमाडौं महानगरपालिकामा कालोझण्डा गाड्न गएका नेपाल सद्भावना पार्टी काठमाडौं अध्यक्ष र जिल्ला सदस्य पक्राउ परेका छन् । प्रहरीले जिल्लाअध्यक्ष दिपक कोइराला र जिल्ला सदस्य प्रेमप्रसाद बराम थापालाई पक्राउ गरेको हो । 
 
आफ्ना कार्यकर्ता पक्राउको विरोध गर्दै नेपाल सद्भावनाले तत्काल रिहाईको माग गरेको छ । महासचिव सुनिल रोहितले विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा धरपकड तथा बल प्रयोग नगर्न भनेका छन् । 
Displaying Press Release_NSP_Baisakh 17, 2073.jpg
Displaying Press Release_NSP_Baisakh 17, 2073.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ