arrow

कुन्दनको लकडाउनमा बिहे, खर्च कटाएर कोरोना कोषलाई दुई लाख सहयोग

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
kundan-kafle-bihe.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले बिहे गरेका छन् । उनले लकडाउनको समयमा आइतबार बिहे गरेका हुन् । 

उनले व्यवसायी मेनुका अधिकारीसँग लगनगाँठो कसेका हुन् । बाँसवारीस्थित गायत्री मन्दिरमा सीमित व्यक्तिहरुलाई साक्षी राख्दै उनले बिहे गरेका हुन् । 

अक्षय तृतीयाको उत्तम साइतमा बिहे गरेका काफ्ले र अधिकारीको गत चैत ५ गते नै टीकाटालो भएको थियो । 

बिहेको खर्च कटाएर कोरोना कोषमा
नवदम्पत्तिले आइतबार बिहे गर्यो सोमबार कोरोना भाइरस उपचार तथा रोकथाम कोषमा दुई लाख रुपैयाँ जम्मा गर्यो । 

उनीहरुले बिहेको खर्च कटौती गरेर सरकारी राहत कोषमा रकम जम्मा गरेका हुन् । सो रकम उनीहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । 

मन्त्रालयमै पुगेर नवदम्पत्तिले रकम हस्तान्तरण गरेका हुन् ।

यसले पनि समाजमा गतिलो सन्देश दिएको छ । 

यसरी नै गतिलो सन्देश नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले छोराको बिहेमा पनि गरेका थिए आइतबारै । 

यो समाचार पढ्नुस्–

५ जना जन्ती लगेर भित्र्याए सिटौलाले बुहारी, बिहेकोलागि छुट्याएको ५ लाख दिए कोरोना राहत कोषलाई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ