काठमाडौं। नेपाटप अर्गनाईजेशनले निर्माण गरेको पीपीई बुथ नेपाल ईन्जिनियर्स एसोसियसन बाग्मती प्रदेशको संयोजनमा विभिन्न ६ सरकारी अस्पताल एवं स्वास्थ्य संस्थालाई निशुल्क वितरण गरिएको छ ।
उत्त पीपीई बुथ दोलखा, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रबिसे, काभ्रेको पाँचखाल, धादिङ्गको धादिङ्गबेसी र नुवाकोटको खरानीटारस्थित स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको हो ।
कोरोना भाईरसका कारण सम्पूर्ण विश्व नै अक्रान्त भईरहेको सन्दर्भमा कोरोना तथा अन्य संक्रामक रोगहरुको नमुना परिक्षणमा सहयोग पुग्ने गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गगत बुथ निर्माण गरिएको नेपाटप अर्गनाईजेसनको सिद्दि विनायक ईण्डष्ट्रिज प्रा.लि.का निर्देशक रुपक श्रेष्ठले जानकारी दिएका छन् ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा सम्भावित संक्रमित विरामीको थ्रोट र स्वाब संकलन गर्न एवं भविष्यमा जुनसुकै संक्रामक रोगको पहिचानमा नमुना संकलनका लागि पीपीई बुथ उपयोगी हुने श्रेष्ठको भनाई रहेको छ ।
पीपीई बुथ हस्तान्तरण कार्यक्रममा नेपाटप अर्गनाईजेशनको सिद्दि विनायक ईण्डष्ट्रिज प्रा.लि.का निर्देशक रुपक श्रेष्ठको साथै नेपाल ईन्जिनियर्स एसोसियसन बाग्मति प्रदेशका सभापती नन्दलाल बन्जाडे सहित अन्य पदाधिकारीहको उपस्थिती रहेको थियो ।