बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो चौमासको ब्याज दुई प्रतिशत घटाउन राष्ट्र बैंकको निर्देशन
प्रकाशित २०७७ वैशाख १७ बुधबार
996
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित व्यवसायिक क्षेत्रका लागि राहत घोषणा गरेको छ ।
बैंकले सूचना जारी गर्दै कोरोनाबाट ऋणीहरूमा परेको असर न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाले ऋणीहरूको २०७६ चैत मसान्तमा कायम रहेको ब्याजदरमा दुई प्रतिशतले कम गरी चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंक तथा वित्तीय नियमन विभागले जारी गरेको सूचनामा खाद्यान्न उद्योग तथा बिक्री वितरण केन्द्र, ग्यास उद्योग तथा वितरक, सोप एन्ड केमिकल्स, औषधि बिक्री वितरण व्यवसाय, इन्टरनेट र दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले भने ब्याजदरमा छुट नपाउने उल्लेख छ ।
यस्तै लघुवित्तले पनि चैत मसान्तमा कायम ब्याजदरमा खुद्रा कारोबार गर्नेले ३ प्रतिशत र थोक कारोबार गर्नेले दुई प्रतिशत बिन्दुले व्याजदर घटाएर मात्रै चौथौ त्रैमासको ब्याज गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
उक्त ब्याज छुट दिँदा आधार ब्याजदरभन्दा तल जाने अवस्था आएमा बाध्यकारी नहुने राष्ट्र बैंकले जनाएको छ ।