arrow

खानको निधनमा अमिताभ भावुक, रवीना लगायतले दिए श्रद्धांजलि

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
IRFAn.png

काठमाडौं । बलिउड अभिनेता  इरफान खानको बुधबार बिहान अस्पतालमा  निधन भएको छ। खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । ५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 

अभिनेता  इरफान खानको निधनमा रवीना टण्डनदेखि अमिताभ बच्चन सहित सबै स्टारहरुले ट्वीट गरी उनलाई श्रद्धांजलि अर्पण गरेका छन्।

अमिताभ बच्चनले इरफानलाई श्रद्धांजलि दिंदै लेखेका छन्- "इरफान खानको निधनको समाचार आउँदैछ। यो सबै भन्दा चिन्तित र दु: खी समाचार हो। एक अविश्वसनीय प्रतिभा, एक महान सहयोगी, सिनेमाको दुनियामा एक शानदार योगदानकर्ताले हामीलाई छिट्टै छोड्नुभयो। उहँका लागि प्रार्थना र प्रार्थना।"

इरफान खान  थिएटरबाट सिनेमाबाट आएका थिए। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’मा अभिनय गरेका थिए। 

रवीना टण्डनले लेखेकी छन् - एक उत्कृष्ट कोस्टार, एक अभिनेताको रूपमा उत्कृष्ट र एक सुन्दर मानव। तपाईलाई कसैले बदल्न सक्दैन। हामीले तपाईंलाई धेरै चाँडै हरायौं! अविश्वसनीय ओम शांति।

 गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।

उर्मिला मातोंडकरले श्रद्धांजलि दिँदै लेखेकी छन् इरफान खानको मृत्युको बारेमा जान्न पाउँदा अत्यन्तै दुखी भयो। एक उत्कृष्ट कलाकार। मेरो परिवारप्रति गहिरो संवेदना तपाईं सँधै याद गर्नुहुनेछ तपाईको आत्मा शान्तिमा रहोस्।

इरफान खानको निधनसँग बलिउडमा शोकको लहर चलेको छ। धेरै बलिउड सेलिब्रेटीहरू इरफान खानलाई ट्वीट गरी श्रद्धांजलि अर्पण गर्दैछन्। यो मात्र होइन, सोशल मिडियामा शोकको लहर सुरु भएको छ। प्रयोगकर्ताहरू ट्वीट गरी शोक व्यक्त गर्दैछन्।

 चारदिन अघि गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पाएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

एक प्रयोगकर्ताले ट्वीट गरि लेखे- 'मैले अन्तिम सास लिनु सम्म म तपाईंलाई सम्झना गर्नेछु ...' एक प्रयोगकर्ताले लेखे- आजको दिनको यो दुखद समाचारको साथ शुरु भयो, भगवानले तपाईंको आत्मालाई आशिष्‌ दिनुहोस्। 

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। 

फरहान अख्तरले श्रद्धांजलि दिँदै लेखे - इरफान खान वास्तवमै एक अनुकम्पा अभिनेता थिए र जादू जसले उनले पर्दामा राखेका थिए, हामी अब देख्न सक्दैनौं। तपाईंले धेरै चाँडै छोड्नुभयो।

बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ