arrow

बारा र पर्सामा भेटिएका चारै कोरोना संक्रमित भारतबाट आएका, नजिक रहेकाको कन्ट्र्याक ट्रेसिङ

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चार जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ ।

 टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । 

उनका अनुसार समुदायमा संक्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । 

उनका अनुसार संक्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । संक्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् । 

आज थप चारजनामा संक्रमण देखिएपछि संक्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । 

अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेशनमा छन् । संक्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । संक्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ