arrow

तारकेश्वर नगर चेम्बरले गर्‍यो विपद कोषमा सहयोग

प्रहरीलाई पनि प्रदान गर्‍यो स्वास्थ्य सामग्री

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
tarakeshwor-chamber-coronaa.gif

काठमाडौं। तारकेश्वर नगर चेम्बरले तारकेश्वर नगरपालिकाको विपद कोषका लागि १ लाख ५१ हजार १११ रुपैयाँ प्रदान गरेको छ।  

नगर चेम्वरको तर्फबाट वागमती चेम्बर तथा काठमाडौं चेम्बरका अध्यक्ष कृष्णमान श्रेष्ठले नगरपालिकाका मेयर रामेश्वर बोहोरालाई सो रकम हस्तान्तरण गरे। 

संकटको बेलामा अग्रभागमा रहेर काम गर्ने तारकेश्वर नगरपालिका भित्र रहेका प्रहरी प्रभागहरु मुड्खु, तिनपिप्ले, धर्मस्थली, साङला, फुटुङ र वालाजु गुम्बाका प्रतिनिधीलाई अध्यक्ष श्रेष्ठ र तारकेश्वर नगर चेम्बरका अध्यक्ष राम प्रसाद महर्जनले मास्क, सेनिटाइजर, ग्लोब्स समेत प्रदान गरे।

कोरोना संक्रमणबाट बच्न तथा राहत र उद्धारमा सहयोग पुर्‍याउने गरि नगरपालिकाले गरेको पहलमा सहयोग स्वरुप विपद कोषमा रकम उपलव्ध गराएको तारकेश्वर नगर चेम्बरका अध्यक्ष राम प्रसाद महर्जनले बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा नगर चेम्बरका पदाधिकारी र नगरपालिकाका उपमेयर, वडा अध्यक्षहरु र प्रसासकीय अधिकृत सहितका व्यक्तिहरु सहभागी थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ