- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहे पनि कोरोना संक्रमित र मृतकको संख्या थपिने क्रम रोकिएको छैन ।
विश्वभर ३२ लाख १८ हजार भन्दा बढी संक्रमित हुँदा युरोपले पनि ठूलै हिस्सा ओगटेको छ । अमेरिकापछि युरोपेली देशहरु नै अगाडि छन् ।
मृतकको संख्या २ लाख २८ हजार नाघ्दा अमेरिकापछि युरोपेली देशहरु नै अगाडि छन् । स्पेन दोस्रो स्थानमा छ । जहाँ २ लाख ३७ हजारको संख्यामा संक्रमित छन् भने मृतक २४ हजार ३ सयको संख्यामा पुगेका छन् ।
स्पेनमा कोरोनाको असर रोकिन थालेको बताइरहँदा २४ घण्टाको अवधिमा ४ हजार ८ सयको संख्यामा नयाँ संक्रमित थपिएका छन् भने मृतक पनि ४५० भन्दा बढी थपिएका छन् ।
इटालीमा संक्रमितको संख्या २ लाख ३ हजार ६०० पुगेको छ । नयाँ संक्रमित २ हजार भन्दा बढी थपिएका छन् । मृतकको संख्या २७ हजार ६८२ पुग्दा ३२३ नयाँ हुन् ।
फ्रान्समा संक्रमित १ लाख ६६ हजार ४ सय भन्दा बढी हुँदा ५०० भन्दा बढी नयाँ हुन् । त्यस्तै मृतक २४ हजार ८७ पुग्दा नयाँ ४२७ हुन् ।
बेलायतमा १ लाख ६५ हजार २२१ संक्रमित पुगिसकेका छन् । नयाँ ४ हजार ७६ हुन् । २६ हजार ९७ जनाको ज्यान गइसक्दा नयाँ ७९५ हुन् ।
त्यस्तै जर्मनीमा १ लाख ६१ हजार ५३९ जना संक्रमित हुँदा नयाँ १ हजार ६२७ हुन् । मृतक ६ हजार ४६७ जना हुँदा १५३ नयाँ हुन् । त्यस्तै रुसमा एक लाखको संख्यामा संक्रमित पुग्न लागेका छन् ।
अन्य युरोपेली मुलुकमा कोरोनाको प्रभाव कम हुँदै गर्दा रुसमा थपिँदै गएको छ । नयाँ संक्रमित २४ घण्टामा ५ हजार ८४१ थपिएका छन् । त्यस्तै नयाँ १०५ सहित ९७२ जनाको ज्यान गइसकेको छ ।
बेल्जियम, ल्याण्ड, स्वीडेन, अष्ट्रिया लगायतमा पनि उच्च संख्यामै संक्रमित र मृतक रहेका छन् । यो तथ्यांकले संक्रमण केही घटेको देखिए पनि प्रभाव घटेको छैन ।