arrow

बलिउड अभिनेता ऋषि कपूर गम्भीर, अस्पताल भर्ना, कोरोना परीक्षण पनि

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
rishi-kapoor.jpg.jpeg

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूर गम्भीर बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । 

६७ वर्षीय कपूरका भाइ रणधीर कपूरले न्यूज एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार स्वास लिन कठिन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनको हालत स्थीर छ । 

उनलाई सन् २०१८ मा क्यान्सर भएको थियो । उनी ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । 

उनका छोरा एवं अभिनेता रणवीर कपूर भने जाने आउने गर्दथे । 

ऋषिलाई अहिले छातीमा इन्फेक्सन देखिएको छ । स्वास लिन समस्या रहेको छ । हल्का खोकी पनि रहेको छ । यी लक्षण कोरोना भाइरसका पनि भएकाले उनको कोभिड–१९ को पनि टेष्ट हुने बताइएको छ । 

दुई जना विशेषज्ञ चिकित्सकले उनको उपचार गरिरहेको बताइएको छ । गएको बिहीबारदेखि उनको स्वास्थ्य बिग्रिएको थियो । त्यतिबेला अस्पतालमा भर्ना गरिए पनि चार घण्टापछि डिस्चार्ज भएका थिए ।   

बुधबार मात्रै क्यान्सरकै कारण बलिउडका अभिनेता इरफान खानको मृत्यु भएकाले बलिउड अहिले शोकमा छ । 

आमा वितेको चारदिनपछि इरफान खानले त्यागे शरिर

इरफानको मृत्युले बलिउडमा आँसुको बाढी, फ्यानले भने - 'अन्तिम स्वाससम्म सम्झनेछु'

खानको निधनमा अमिताभ भावुक, रवीना लगायतले दिए श्रद्धांजलि



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ