arrow

स्याङ्जामा नयाँ शक्ति उदायो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ वैशाख १८ शनिबार
IMG_0483.JPG.jpeg
स्याङ्जा । नेपालमा प्रजातन्त्र देखि लोकतन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा अनगिन्ति पाटीहरु स्थापना भइरहेका छन् । पार्टी खोल्ने स्वतन्त्रा पनि हाल जारी भएको संविधानले समेत दिएको छ । यही स्वतन्त्रा अनुरुप डाक्टर भट्टराईले जन्माएको नयाँ शक्ति पनि एक हो । देशभरी आफ्नो संञ्जाल फैलाउने उदेश्यका साथ नयाँ शक्ति नेपाल नामक पार्टी स्याङ्जामा पनि गठन गरिएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर स्याङ्जामा नयाँ पार्टी नेपाल गठन भएको जानकारी दिइएको हो । 
 
नयाँ शक्ति नेपाल पार्टीको स्याङ्जा संयोजक शोभाखर ढकाल रहेका छन् । ढकालको संयोजकत्वमा १५ सदस्य सचिवालय गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जसको सदस्यहरुमा तारप्रसाद भुषाल, टिकारा रेग्मी, दिपा भुषाल, जगदिश गैह्रे, सरु सुनार, रुकविर वि.क., भरत पाठक, मोहन गुरुङ्, डि.वि. राना, सुरेन्द्र पौडेल, ख्यामनारायण ढकाल र रामु बस्याल रहेका छन् । शुक्रवार स्याङ्जाको वालिङमा भएको भेलाले १३ सदस्यीय सचिवालय गठन गरेपनि २ सदस्यीय पछि थप्ने निर्णय गरेको नयाँ शक्ति नेपाल स्याङ्जाका संयोजक शोभाखर ढकालले जानकारी दिए ।
 
सबै क्षेत्रलाई समेटेर १ सय १ सदस्य बनाउने तयारीका साथ अगाडी बढेको बताईएको छ । स्याङ्.जाका तिन ओटै क्षेत्रमा अन्तरिम परिषद समिति गठन गरि जिल्लाका पु¥यै गाँउ, वडा र नगरमा पनि छिट्टै समितिको पूर्णता दिने नयाँ शक्तिले जनाएको छ । स्याङ्जामा १ हजार संस्थापक सदस्य बनाउने लक्ष्यका साथ अगाडी बढ्ने भेलाले निर्णय गरेको जनाएको छ । पहिलो पटक प्रचारात्म र सुझाव संकलन गर्ने अभियानमा जुट्ने छौं संयोजक ढकालले भने, “सेवा सुविधाको पहुँचमा नभएका नागरिकलाई मुलधारमा ल्याएर नयाँ शक्तिमा प्रवेश गराउने छौं । ” मुलुकमा धेरै परिवर्तन भए ढकालले थपे तर आर्थिक समृद्धिको परिवर्तन नभएपछि नयाँ शक्ति नेपालको जन्म भएको हो । 
 
स्याङ्जामा गठन भएको नयाँ शक्ति नेपाल पार्टीमा पहिला एमाओवादीमा राजनीतिक गर्दै आएका व्यक्तिहरु मात्रै सहभागिता रहेको देखिन्छ । तर नयाँ शक्ति पार्टी स्याङ्जाका सचिवालय सदस्य तार भुषालले भने यो कुरालाई मान्न तयार छैनन् । पत्रकारहरुको जिज्ञासामा सबै माओवादीहरु नै नयाँ शक्तिमा आवद्ध हुनुहुन्छ त भन्ने प्रश्नमा भुषालले सबै राजनीतिकदलका साथीहरु आवद्ध रहेको औल्याएका छन् । विगतमा जो जहाँ रहेर राजनीति गरेपनि राजनीतिमा परिवर्तनशिल नभएकाले पुराना दलहरुका पुराना नै एजेण्डाले अव मुलुकको हित नगर्नेमा नयाँ शक्तिको विश्वास रहेको भुषालको भनाई छ । स्याङ्जामा नयाँ दल गठन भएपछि १४ ओटा राजनीतिकदल हुनेछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ