arrow

सरकारी निर्णयको धज्जी उडाउदै नेकपाका नेताहरु, सांसद र उपमेयरले ढाँटेर लिए सवारी पास

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
mugu-uml-lockdown-break.gif

मुगु। विश्व नै कोरोना भाईरस (कोभिड १९)बाट आक्रान्त भएका बेला नेपाल पनि अछुतो छैन । यहि बीचमा सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनले देश ठप्प छ । लकडाउनका कारण काम गरि खाने वर्गमा असर पर्ने भन्दै यो अवधीमा राहत वितरण पनि भइरहेको छ। कसैले राहत वितरण गर्नुपरे सरकारी संयन्त्र मार्फत मात्र वितरण गर्ने कार्यविधी समेत बनाएर सार्वजनिक समेत गरेको छ । सरकारले बनाएको यो कार्यविधी धेरैले पालना गरेपनि सत्तारुढ दलका कार्यकर्ताले आफनै सरकारले गरेका निर्णय, कार्यक्रम, कार्यविधीहरुको धज्जी उडाउने गरि काम गरिरहेका छन् ।

जिल्लाका स्थानिय सरकारहरुले पनि संघिय सरकारको निर्णयलाई शिरोधार्य गदै विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्था, व्यक्ति, समुहहरुले लडडाउनले प्रभावित जनतालाई राहत एकदार प्रणालीबाट गर्ने निर्णय गरेका छन्। सहयोग गर्नेहरुले स्थानिय सरकारहरुले स्थापना गरेका विपत व्यवस्थापन कोषमा नगद, जिन्सी सहयोग गरिरहेपनि सरकारको नेतृत्व गर्ने पार्टीका कार्यकताहरुले भने राहत वितरण सम्वन्धि सरकारले बनाएको एकद्वार प्रणालीको उलंघन गरेका छन ।

नेकपाका कार्यकताहरुले सरकारी कार्यविधीको विपरित सोरु गाँउपालिकामा गत चैत १८ मास्क वितरण गरे भने मंगलबार छायाँनाथ रारा नगरपालिका वडा नं १०, ११ र १२ मा प्रति घरधुरी २ चक्कि सावुन, १ पाकेट तेल र २ पाकेट नुन वितरण गरे । वितरणमा नेकपाका जिल्ला नेताहरु सहभागी थिए । केन्द्रमा प्रधानमन्त्रीको राजीनामा बारे रस्साकस्सी भैरहेका बेला जिल्लामा माधव नेपाल पक्षका जिल्लास्तरिय नेताहरुले सरकारी कार्यविधी र निर्णय विपरित गतिविधीमा भाग लिएका हुन्। नेकपाका जिल्ला स्तरका नेताहरु जित बहादुर मल्ल, पारसमणी मल्ल, सुन्तला रोकाया, गोपाल बम पुगेका छन् ।

आफैले गरेको निर्णयको विपरित राहत वितरण

संघिय सरकारले लकडाउनको बेला आफु खुशी पक्षपात रहित तरिकाले प्रभावित जनतालाई एकदार प्रणालीबाट राहत वितरण होस भनेर कार्यविधी लागु गरेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा गठित जिल्ला संकट व्यवस्थापन केन्द्रले गत ५ गते बैठक बसी विविध विषयमा निर्णय गरेको थियो। सोही बैठकको निर्णय नं ५ मा राहत वितरण एकद्वार प्रणाली अपनाउने, श्रमिक तथा ज्यालादारीमा काम गर्ने अति विपन्न परिवारको स्थानिय सरकारले लगत संकलन गर्ने, कोही कसैले चन्दा, राहत संकलन र वितरण नगर्ने नगराउने निर्णय गरेको छ । अचम्मको कुरा त के छ भने जिल्ला स्तरमा समेत गरिएको यहि निर्णयमा सहभागी मुगु जिल्लाबाट प्रतिनिधी सभाका सांसद गोपाल बम, नेकपाका प्रतिनिधीहरु धर्म बहादुर शाही, मंगल बहादुर शाही, जित बहादुर मल्ल, वृष बहादुर थापा, पारसमणि मल्ल रहेका थिए। तर उनीहरु आफैले गरेको निर्णयको उलंघन गर्दै मंगलबारदेखि राहत वितरणमा सहभागी भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले सबै सम्मानित व्यक्तित्वहरु आफै बसेर गरेको निर्णय, गृह मन्त्रालयको सर्कुलर, सरकारले जारी गरेको कार्यविधी र आफैले गरेको निर्णय विपरति उहाँहरुले राहत वितरण गरेको जानकारी आएको बताए। नेकपाका जिल्ला अध्यक्ष सुकविर बुढालाई यस बारेमा जानकारी गराएको जनाउँदै निरौलाले सरकारी निर्णयको कार्यान्वयमा लाग्न र भोलिका दिनमा सरकारी निर्णयका विपरितका कार्य नगर्न नगराउन कार्यकर्ताहरुलाई सम्झाउने आश्वासन दिएको बताए।

राहत वितरण गर्न जान छलेर सवारी पास लिईयो

संघिय सांसद गोपाल बहादुर बम र छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले सरकारी निर्णय विपरित राहत वितरण गर्न जान अनुगमनको पास लिएर प्रशासनलाई छलेको पाईएको छ ।

सांसद बम र उपप्रमुख रोकायाले भरेको ईपासमा स्थानिय तहहरुले वडा स्तरहरुमा गरेको कामकावाहिको अनुगमन गर्न जाने भनेर पास मागिएको छ। प्रमुखज्यूहरुले अनुगमन जाने भनेपछि पास नदिने कुरै भएन प्रमुख जिल्ला अधिकारी निरौलाले भने । पास अनुगमनको लिएपनि उहाँहरुले गाडीमा नुन, तेल र सावुन लिएर राहत वितरण गर्नु जानुभयो भन्ने सुचना प्राप्त भएको छ उनले भने ।

राहत वितरणमा सरकारले कोरोना भाईरस नफैलियोस भनेर लागु गरेको मास्क लगाउने, भेला नहुने, सामाजिक दुरी कायम गर्ने जस्ता नियम स्वयं संघिय सांसद गोपाल बम, समन्वय प्रमुख पुर्ण बहादुर रोकाया, उपप्रमुख सुन्तला रोकाया लगायतका नेकपाका जिल्ला स्तरका नेताहरुले नै उलंघन गरेका हुन।

सरकारी निर्णय कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई पत्र

सत्ता पक्ष नेकपाका कार्यकर्ताहरुले नै सरकारले ल्याएको कार्यविधी विपरित आफनो नगरक्षेत्रमा राहत वितरण गर्न थालेपछि छायाँनाथ रारा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितीलाई पत्र पठाएको छ। नगरपालिकाले पत्रमा आफुहरुले नगर क्षेत्रका बारिन्दालाई ३ थरीमा विभाजन गरि राहत वितरण गरिरहेको, पहिलो चरणका गरिव विपन्नलाई राहत दिईरहेको र दोस्रो थरीका लागी तयारी भैरहेको बताएको छ। संघिय सरकारको कार्यविधी, जिल्ला प्रशासनमा बसेको बैठकको निर्णय र कार्यपालिकाको निर्णय विपरित नगरमा राहत वितरण हुदा बास्तिविक श्रमिक, कामगरि खाने, गरिव, असाय, अपाङ्गलाई अन्याय हुने भन्दै यस्तो कार्य र गतिविधी तत्काल रोक्न र सरकारी निर्णय, कार्यविधी अनुसार राहतका कार्यक्रममा स्थानिय सरकारसंग समन्वय, सहकार्य र सहयोगमा सहजीकरण गरिदिन हुन अनुरोध गर्दै पत्र पठाएको नगर प्रमुख हरिजंग शाहीले बताए। उनले भने यो महामारीमा राजनैतिक स्वार्थ भन्दा माथी उठि सबैले हातेमालो गरौ र कोरोना विरुद्धको लडाईमा सहभागी हौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ