arrow

संसदीय मानवअधिकार समितिको अनुगमन टोली कर्णालीमा

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
sushil-shrestha.jpg.jpeg
काठमाडौ।द्धन्द्धकालमा ध्वस्त भएका भौतिक संरचनाहरुको स्थिति र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कार्वाहिको विषयमा अनुगमन गर्नका लागी  संसदको सामाजीक न्याय तथा मानवअधिकार समितिका सभापति शुसिल श्रेष्ठ नेतृत्वको टोलीले कर्णालिमा पुगेको छ । श्रेष्ठ सहित पाँच जनाको टोलीले कर्णालिको हुम्ला, जुम्ला र कालिकोटमा ध्वस्त भएका भौतिक संरचना पुननिरमार्णको स्थिति त्यहा रहेका कारागारहरुको स्थिति र सत्य निरुपण तथा मेलमिलाप आयोगले आवहान गरेको उजुरीको सन्दर्भमा अनुगमन गरेको समिति सभापति शुसिल श्रेष्ठले जानकारी दिए । 
 
उनले द्धन्द्धकालमा ध्वस्त भएका संरचना पुननिमार्णको स्थिति सन्तोष जनक नरहेको, कारागारको भौतिक संरचना कमजोर हुनुका साथै कैदी बन्दीको मानवअधिकारको स्थिति अत्यन्तै दयनीय रहेको र सत्य निरुपण तथा मेलमिलाप आयोगले लिने भनेको उजुरी त्यति प्रभावकारी नरहेको र आयोगको काम कार्वाहि त्यति सन्तोष जनक नरहेको श्रेष्ठले बताएका छन् । 
 
द्धन्द्धकालमा ध्वस्त भएका भौतिक संरचना र आयोगको उजुरीको सम्बन्धमा राज्यको उपस्थिति कमजोर हुनु दुखद भएको भन्दै श्रेष्ठको टोलिले चाडै नै यो विषयमा सम्बन्धित पक्षलाई समितिमा बोलाएर आवश्यक निर्देशन दिने उल्लेख गरे । टोलीमा सभासदहरु हितराज पाण्डे, कौसर शाह, नरबहादुर थापा, ज्ञानु देवि गैरे रहेका छन् । 
 
सामाजिक न्याय तथा मानवअधिकार समितिको क्षेत्राधिकार भित्र द्धन्द्धकालमा ध्वस्त भएका संरचनाहरुको पुननिरमार्ण गर्ने दायीत्व बोकेको शान्त्ति तथा पुननिमार्ण मन्त्रालय, सत्य नीरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग र राष्ट्रिय मानवअधिकार आयोग पर्ने भएकाले उनीहरुको काम कार्वाहि कर्णालि जस्तो विकट ठाँउमा कतिको प्रभावकारी रहेको छ भनेर अनुगमन गर्नका लागी टोली गत बुधबार कर्णालि गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ