arrow

चितुवाको छाला र हड्डीसहित भारतमा नेपाली पक्राउ

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
cheeta.JPG.jpeg
कञ्चनपुर। चितुवाको छाला र हड्डीसहित भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा एकजना नेपाली पक्राउ परेका छन् । तीन थान चितुवाको छाला र नौ किलो हड्डीसहित बैतडीका ३२ वर्षीय काशीराम भुललाई शुक्रबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । 
 
भारतीय प्रहरीका अनुसार पक्राउ परेका भुलले पिथौरागढमा रहेका व्यापारीलाई बुझाउन नेपालबाट चितुवाको छाला र हड्डी ल्याएको बयान दिएका छन् । पक्राउ परेका भुलको भारतीय प्रहरीले पूरा ठेगाना भने खुलाएको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ