arrow

डाबर नेपालको 'इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर' बजारमा

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
dabur-hand-sanitizer.jpg

काठमाडौं। डाबर नेपालले आफ्नो कम्पनीको उद्देश्य  बमोजीम  'हरेक घरको स्वास्थ्य र भलाइलाई मध्यनजर गर्दै, अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर' 'डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर' बजारमा ल्याएको छ।

८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको छ। प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानिको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिन्छ। हाल  एक सय ५० एमएल स्यानिटाईजरको बजार मूल्य  एक सय ७५ रुपैया रहेको छ।

विश्वव्यापी महामारी कोभिड–१९ को भाइरसलाई फैलन नदिन हातहरु सफा राख्नु पर्दछ। 'डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर' को प्रयोगले उपभोक्त्ताहरुलाई धेरै किसिमका प्राण घातक भाइरसहरुबाट सुरक्षा राख्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ