arrow

कहालीलाग्दो खडेरी अझै एक महिना लम्बिन सक्छः मौसमविद्

यो वर्ष पनि समयमा नै पानी नपर्न सक्छ

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
water-lacking.jpg.jpeg
काठमाडौं। झण्डै तीन महिनादेखि देशभरका ग्रामीण भेगमा छाएको कहालीलाग्दो खडेरी अझै एक महिना भन्दा बढी लम्बिनसक्ने मौसम विभागले जानकारी दिएको छ। प्रशान्त महासागरको पूर्वी तटीय पानी तातेकोले नेपाल लगायतका दक्षिण एशियाली मुलुकहरूमा अघिल्लो वर्षदेखि नै कम पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका मौसम विद् बरूण पौडेलले जानकारी दिए। उनका अनुसार  यो समस्या अझै एक महिनाजति लम्बिनसक्ने सम्भावना रहेको छ। 
 
समयमा पानी नपरेपछि ग्रामीण भेगका मुहानहरू सुक्नथालेपछि अहिले देशभर पानीको हाहाकार चलिरहेको छ। पछिल्लो समय राजधानीसँग जोडिएका धादिङ, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक लगायत मुलुकका पहाडी तथा तराई भेगमा पानीको हाहाकार हुँदा स्थानीयले ट्याङ्करमा टाढाबाट पानी बोकेर खान बाध्य भएको बताउने गरेका छन्।
 
अघिल्लो वर्षदेखि नै यस्तो स्थिती रहेकोले पर्याप्त धान उत्पादन हुन नसकेको सरकारी आँकडाले देखाएको छ। तर, यो वर्ष समयमानै पानी पर्ने भनिएपनि यो वर्ष पनि समयमा पानी पर्नेमा ढुक्क हुनसक्ने अवस्था नरहेको मौसमविद् पौडेलले जानकारी दिए। ‘यो वर्ष समेत मनसुनको समयमा पानी पर्छ भनेर समेत भन्न सक्ने अवस्था रहेको छैन।’ उनले भने ‘सामान्यतयाः जेठको अन्तिम सातादेखि मनसुन सुरू हुने गर्दछ त्यसपछि पर्याप्त पानी नपरेपनि खानेपानीको हाहाकार भने कम हुनसक्छ’ उनले भने। 
 
उनका अनुसार अबको एक साता भित्र सुदूर तथा मध्यपश्चिमी क्षेत्रमा साँझमा केही पानी पर्ने सम्भावना रहेको भएपनि मनसुन सुरू नभई मध्ये भागमा भने सामान्य वर्ष समेत हुने सम्भावना देखिँदैन। ‘यसलाई इलिनो इयर भन्छ, यसमा पानी कम पर्नेहुन्छ। अहिले त्यही वर्ष चलिरहेकोले पानी कम परिरहेको हो।’ उनले भने ‘भूकम्पको कारणले पानी नपरेको भन्ने भनाई भने काल्पनिक मात्रै हो, यसमा कुनै सत्च्यता छैन।’ भूकम्पका कारण केही मुलहरू यताउती भएर सुकेको भने हुनसक्ने उनको बुझाई थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ