arrow

तत्कालै सरकार परिवर्तन हुँदैन : गच्छदार

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
Gachhadar.jpg.jpeg
उर्लाबारी (मोरङ) । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बेलायती संसद्मा कुरो उठ्दैमा सरकार परिवर्तन नहुने बताए । मोरङको विराटनगर विमानस्थलमा आज साँझ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारको कार्यसञ्चालन सन्तोषजनक हुन नसके पनि तत्कालै अर्को सरकार बन्ने अवस्था भने नरहेको बताए । 
 
उनले संविधान कार्यान्वयनमा अहिले पनि समस्या रहेको र राजनीतिक सङ्क्रमणकाल जारी रहेकाले संविधान कार्यान्वयनका विषयमा अवरोध गर्नु उपयुक्त नहुने धारणा राखे । गच्छदारले संसद् नियमावली, न्यायाधीश र राजदूत नियुक्तिका विषयमा अवरोध पुर्‍याउँदा यसले दीर्घकालीन असर पुग्ने बताए । 
 
सरकार सञ्चालनमा विमति राख्नु जायज भए पनि राष्ट्रिय मुद्दामा सत्ता पक्ष र विपक्षी दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘‘संसद् सुरु भएपछि विवादका विषय संसद्बाटै टुङ्गो लाग्नछन्’’ उपप्रधानमन्त्री गच्छदारले भने । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ