पाकिस्तानमा कोरोनाभाइरसबाट १९ हजार बढी सङ्क्रमित, ४४० को मृत्यु
एएनआई,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
621
Shares
इस्लामावाद। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या १९ हजार बढी पुगेको छ। पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १९ हजार एक सय ९ जना सङ्क्रमित भएका हुन्।
त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४४० पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन्।