नेपालगञ्जका कोरोना संक्रमित १६ जनाकै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार शुरु
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
904
Shares
नेपालगञ्ज। आइतबार नेपालगञ्ज कोरोना संक्रमण पुष्टि भएका १५ जना सबैलाई एउटै अस्पतालमा राखेर उपचार शुरु भएको छ।
कोरोना संक्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ जोल्हनपुर्वाका १५ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
अस्पतालमा चर्ना भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
संक्रमित सबै एउटै टोलका एकै समुदायका हुन् । नेपालगन्ज डिएसपी रोडका पहिलो संक्रमित ६० बर्षीय मदरसाका शिक्षकको सम्पर्कमा आएका ९४ जनाको स्वाब लिइएको थियो। ति मध्ये ५५ को रिपोर्ट आउँदा १५ जनाको रिपोर्ट पोजेटीभ आएको हो ।
पहिलो संक्रमित ब्यक्तिको पनि खजुरामै उपचार भइरहेको छ । उनी सहित अस्पतालमा १६ जनाको उपचार शुरु भएको हो। अहिले नेपालगन्जको वडा नम्बर ८ लाई सुरक्षाकर्मीले घेराबन्दी गरेको छ।