arrow

नेपालगञ्ज कोरोनाको हटस्पट बनेपछि मन्त्रीको दौडाहा 

logo
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
nepalgunj1.jpg

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना कोरोना संक्रमित फेला परेपछि प्रदेश ५ का सामाजिक बिकास मन्त्री नेपालगन्ज आएका छन् । 

मन्त्री बरालले कोरोना जाँच गर्ने किट लगायत अन्य स्वास्थ्य सामग्री अभाव हुन नदिने बताएका छन् । उनले अग्रभागमा खटिएर कोरोना विरुद्धको लडाइँमा लागेका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाममा अझैं सक्रियरुपमा लाग्न निर्देशन दिए ।

 मन्त्री बरालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परिक्षणको दायरा बढाउन निर्देशन समेत दिए । उनले स्वाब परिक्षण लगायत कोरोना भाइरस संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री लगायतको व्यवस्थापन गर्न कुनै कसर बाँकि नराख्ने बताए । 

मन्त्री बरालले नेपालगन्जस्थित भेरी अस्पताल, पिसिआर मेसिन, ल्याब, आइसोलेसन वार्ड लगायतको अवस्थाका बारेमा जानकारी लिएका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ