arrow

मदिरा खाएर ज्यान गुमाएका परिवारलाई १ लाख प्रदान 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख २२ सोमबार

जनकपुरधाम। महोत्तरीको भंगहा नगरपालिकाकामा अज्ञात रोगवाट १२ जनाको मृत्यु भएपछि प्रदेश नम्बर दुई सरकारका  दुई मन्त्री घटनास्थलमा पुगि बस्तुगत जानकारी लिएका छन्।

प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवल किशोर साह तथा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको सरकारी टोली घटनास्थल पुगी मृत्युको वारेमा जानकारी लिएका हुन्।

सो घटनाबारे जानकारी लिन पुगेका विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरुलाई संघिय र प्रदेश सरकारका चिकित्सकहरुले विषाक्त मदिराका कारण मृत्यु भएको प्रतिबेदन पेश गरेका हुन् ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले सवै पार्टी मिलेर महामारी र यस्ता घटनाहरुको बारेमा मजबुत निर्णय नलिएसम्म समाजमा मानविय र भौतीक क्षती भइरहने बताए । 

केहि सांसदहरु समेत लिएर पुगेका प्रदेश सरकारका मन्त्रीहरुले दुःखका वेला पिडित परिवारलाई प्रदेश सरकारले राहत एक एक लाख दिएपनि मृत्युको मुख्य कारण रहेको मदिरा सेवन बन्द गर्न आवश्यक रहेका बताए ।

प्रदेश  नम्बर दुईका प्रवक्ता समेत रहेका आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महामारीका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई स्वस्थ बनाउन नसक्ने बताए।

महोतरीको भंगहा नगरपालिकाकाको विभिन्न वडामा अज्ञात रोगवाट १२ जनाको मृत्यु भएपछि घटनास्थल पुगेका मन्त्री यादवले स्वास्थ्य सम्बन्धि अध्यादेश ल्याउनु पर्ने प्रधानमन्त्री पार्टी फोडने अध्यादेश ल्याएर आफनो चरित्र उदाङ्गो पारेको बताए।

मन्त्री यादवले मृतक १२ जना सवैको परिवारलाई यस महामारीको घडीमा काज किरिया गर्न र बालबालिकाको भरणपोषण तथा शिक्षादिक्षाका लागि तत्काल प्रदेश सरकारले प्रति परिवार १ लाखको दरले सहयोग गर्न लागेको बताए।

अज्ञात रोगहरुवाट धमाधम मृत्यु भइरहेको घटनाबारे अनुसन्धान गर्न स्वास्थ्य सेवा विभाग काठमाण्डौं टेकुवाट आएको मेडिकल टिमका डा. अमृत पोखरेलले १२ जना मध्ये १० जनाको मदिरा सेवन, १ जनाको औलो रोगील् पनि मदिरा सेवन गरेका कारण र अर्को एकजनाको अचानक मृत्यु भएको खुल्न आएको बताए।

मेडिकल टिमका अनुसार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट समेत चिकित्सकहरुको टोली आएर प्रत्येक परिवारसंग सोधपुछ गरि अनुसन्धान गरेको छ।
 
भंगहा नगरपालिकाका मेयर संजिव साहले कडा कानुन बनाएर मदिरा उत्पादन तथा विक्रि वितरण बन्द नभए सम्म घटना भइरहने बताए । 

धनुषा, महोतरी सहित प्रदेश नम्बर दुईमा प्रहरी प्रशासनकै मिलिभगतमा मदिरा भट्टीहरु चलिरहेको मेयर साहले बताए ।

टोलीमा प्रदेश नम्बर दुईका सांसदहरु जयनुल राइन, सुरिता साह, शारदा थापा सहितको उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ