arrow

अमेरिकामा कोरोना संक्रमितको संख्या केही घट्दो, कहाँ कति ?

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २४ घण्टामा ७९ हजार बढेको छ । देशहरुमा आन्तरिक रुपले घटबढ भए पनि समग्रमा संक्रमित भने उत्तिकै थपिएका हुन् । 

अहिलेसम्म संक्रमितको संख्या ३६ लाख ४२ हजार ५०० पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा १२ लाख १२ हजार ५०० पुगेको छ । २४ घण्टामा २४ हजार ३६५ जना थपिएका छन् । 

अमेरिकामा मृतक १ हजार १३४ जना थपिएर ६९ हजार ७३१ पुगेको छ । स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित हुँदा १ हजार १७९ थपिएका छन् । मृतक २५ हजार ४२८ हुँदा १६४ जना थपिएका छन् । 

इटालीमा २ लाख ११ हजार ९३८ जना संक्रमित हुँदा १ हजार २२१ जना थपिएका छन् । मृतक २९ हजार ७९ पुगेका छन् । 

बेलायतमा ३ हजार ९८५ जना थपिएर संक्रमितको संख्या १ लाख ९० हजार ५८४ पुगेको छ । मृतक २८ जार ७३४ पुगेको छ । 

फ्रान्समा संक्रमित १ लाख ६९ हजार ४६२ हुँदा मृतक २५ हजार २०१ पुगेको छ । 

रुसमा नयाँ संक्रमित १० हजार ५८१ थपिएका छन् । लगातार दोस्रो दिन कोरोना संmमित रुसमा बढेका हुन् । रुसमा संक्रमित १ लाख ४५ हजार २६८ पुगेका छन् । मृतक १ हजार ३५६ बढेका छन् । 

२४ घण्टामा संक्रमित बढ्नेमा ब्राजिलमा ६ हजार ६९७, भारतमा ३ हजार ६५६, क्यानाडामा १ हजार २९८, इक्वेडरमा २ हजार ३४३, साउदी अरेबियामा १ हजार ६४५, मेक्सिकोमा १ हजार ३८३ जना थपिएका छन् । 

हालसम्म २ लाख ५२ हजार ३० जनाको ज्यान गइसकेको छ । नयाँ मृतक ३ हजार ९०० थपिएका छन् । 

अहिलेसम्म ११ लाख ९४ हजार २४६ जनालाई निको भएको छ । 

कहिलेसम्म सकिन्छ कोरोनाको संक्रमण ? यो समाचार पढ्नुस्–

कोरोनाको असर कहिलेसम्म ? कुन देशमा कहिले सकिन्छ ?  

भारतमा कारोनाबाट एकैदिन अहिलेसम्मकै उच्च संक्रमण र मृत्यु 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ