पाँचथर । लकडाउनका कारण पाँचथरका चिया उद्योगहरु बन्द हुने अवस्थामा परेका छन् ।
चियापत्ति, दाउरा ओसार्न गाडीको समस्या, नियमित बत्ती नहुँदा चिया उद्योगहरु संकटमा परेका हुन् ।
चिया उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि उद्योगमा कार्यरत मजदुरहरु समस्यामा परेका हुन् ।
डिजेलको अभाव,नियमित सवारी साधान बाट चियापत्ति ओसार्न नसक्नु तथा दाउरा ओसार्न नसक्दा अहिले चिया उद्योगहरु बन्द हुने अवस्थामा पुगेको फाल्गुनन्द ३ स्थित राँकेमा रहेको लेकाली अर्गानिक चिया उद्योगका संचालक मुक्ति आचार्यले बताए ।
जिल्लाबाट अहिले जापान लगायत बाहिरी देशमा समेत चिया निर्यात हुँदै आएको छ ।