arrow

रामपुर र हेक्लाङका ५ सयले निभाए स्याउलाले आगो

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
agalagi.jpg.jpeg
पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं. १५ र हेक्लाङ गाविसको केही भागमा लागेको आगो आज निभाईएको छ । हेक्लाङको वडा नं. ६, ७ र ८ वडामा पर्ने पनेर्दीबाट सुरु भई रामपुर १५को ठुलो बन हुदै बस्ती नजिक पुगेको आगलागी स्थानीयबासन्दाले आफै निभाएका हुन् । रामपुर र हेक्लाङका गरी झण्डै साढे चार सय स्थानीय बासिन्दाले मिलेर आगो नियन्त्रणमा लिईएको ठुलो बन उपभोक्ता समितिका अध्यक्ष हरेराम भण्डारीले जानकारी दिए । झण्डै पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको उनले बताए । उनीहरुले स्याउला, माटो आदी प्रयोग गरेर आगो निभाएका हुन् । 
 
आगलागीको कारण स्पष्ट हुन नसकेको र दुई दिन अगाडी देखि आगलागी सुरु भएको हुन सक्ने अनुमान गरिएको छ । 
 
आगलागीपछि अहिले गाँउमा पानीको हाहाकार भएको छ । आगलागी भएको जंगल क्षेत्र हुदै आएको पुरानो लम्पाल खानेपानी आयोजनाको पाई जलेर गाँउका धारामा पानी नआएको स्थानीय तुल्सीप्रसाद भण्डारीले जानकारी दिए । साथै जंगलको विचबाट ल्याईएको नहरमा पनि जंगलकै ढुङगा झरेर नहरपुरिएकाले नहरको पानी पनि बन्द भएको उनले बताए । 
 
आगलागीका कारण जंगलका अधिकाँश रुख, बोटविरुवा जलेका छन् । मृग, स्याल, वाँदर लगायतका दर्जनौ जंगली जनावर पाईने जंगल भएकाले जंगली जनावरहरु र पंक्षीहरु पनि मरेको अनुमान गरिएको छ । जंगलभित्रको माटो तातेकाले अहिले त्यहा जान सक्ने अवस्था नरहेकाले क्षतीको पुरै अवस्था थाहा नभएको भण्डारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ