arrow

आगलागीले ५० घर जले, एकको मुत्यु

logo
कौरव खत्री,
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Gulmi-hamrakura.jpg.jpeg
 गुल्मी । गुल्मीको बडागाँउ गाविसको –१ र २ मा आगोलागीबाट ५० घर गोठ जलेका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
 
आगो निभाउने क्रममा बडागाँउ गाविस–१ का ६६ वर्षीय मेहरसिँह राकसकोटी मृत्यु भएको हो भने, २ का केशर बहादुर नेपाली घाइते भएका हुन् । । आगालागीले  गोठमा भएका पशु चौपाया, घरमा भएका धन सम्पत्ति लुगा कपडा जलेका छन् ।
 
शनिबार बिहान १० बजेबाट जङ्गलबाट फैलिएको आगो हावा हुरीले वस्तीमा पसेको थियो । आगोलागीबाट–१ का ३८ घर र वडा नम्बर २ का १२ घर जलेका वामी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गणेश श्रीसले जानकारी दिए । 
 
घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीयवासी, जिल्ला स्तरका विभिन्न कार्यालय प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको टोली पुगी आगो नियन्त्रणमा खटिएको थियो । आगो शनिबार साँझ मात्रै नियन्त्रणमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ