arrow

प्रधानमन्त्रीले मजदुर दिवसको शुभकामना दिन कन्जुस्याँई गरेको भन्दै हंगामा

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
kp-neya-pic.jpg.jpeg
काठमाडौं । १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ को दिनलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको थुप्रै भइसकेको छ । यद्यपि, राज्य र राज्य संचालकहरुबाट मजदुरको हक अधिकारका लागि खासै प्रयास भएका छैनन् । 
 
नेपालका मज्दुर अझै बलिया नभएकामा विश्व समुदायले चाँसो समेत राख्ने गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशको समेत अधिकांशले खिल्लि उडाएका छन् । प्रधानमन्त्रीले ट्वीटरमा दिएको शुभकामना सन्देशबारे सामाजिक संजालमा हंगगामा भएको छ । ट्वीटरमा प्रधानमन्त्रीले मज्दुरलाई वेवास्ता गरेको र शुभकामना लेख्नसमेत कन्जुस्याँई गरेको टिप्पणी भएका छन् । 
 
प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सम्पूर्ण श्रमजिवी दाजुभाई दिदि बहिनीमा हार्दिक शुभकामना ।’ सोही एक लाइनलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी भएका छन् । टिप्पणीपछि प्रधानमन्त्री ओलीले केही समयपछि ट्वीट सच्चाएका थिए । 
 
 
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । 
 
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक विदा दिन थालियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ