arrow

भएका कोरोना टेष्ट किट प्रदेशले लग्यो, जिल्लामा बाहिरबाट आएका ह्वारह्वार्ती घर छिरे

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
rdt-kit.jpg

हुम्ला । कोरोना भाइरस कोभिड–१९ को संक्रमण भए नभएको परिक्षण गर्न कर्णाली प्रदेश सरकारले पठाईएको र्यापिड डाइएग्नोस्टिक टेस्ट (आरडीटी) किट कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले फिर्ता लिएपछि हुम्लामा कोभिड–१९ टेस्ट गर्न समस्या भएको छ । 

हुम्लामा र्यापीट टेस्ट किट सकिएपछि कोभिड १९ परीक्षणमा समस्या भएको हो । बन्दाबन्दिका कारण ठूलो संख्यामा जिल्ला बाहिर रहेका नागरिक स्थलमार्ग र हवाई मार्गबाट उद्धार गरि जिल्लामा भित्रिएका छन् । 

जिल्ला भित्रिएका नागरीकहरुको र्यापीट टेस्ट किट अभावमा कोडिभ १९ परीक्षण हुन सकेको छैन । अहिले जिल्लामा कोरोना परिक्षण गर्ने आरडीटी किट अभाव छ । हुम्ला जिल्लाका लागि भनेर कर्णाली प्रदेश सरकारल ४ सय किट उपलब्ध गराएको थियो । 

जसमा जिल्लाका ७ वटा पालिकालाई बितरण गरेर बाँकी ८० वटा किट जिल्लाको लागि राखेको भए पनि पछिल्लो चरणमा जहाजबाट उद्धार गरिने नागरिकको र्यापीट टेस्ट गर्न प्रदेशमा अहिले आरडीटी किटको अभाब भएकाले पछि फीर्ता गर्ने गरी प्रदेशले लगेको हुँदा आरडीटी किटको अभाव भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । 

मुलुकका विभिन्न स्थान र भारत सहित तेस्रो मुलुकबाट गत चैत्र १० गते देखि  बेशाख २२ गते सम्म २ हजार  १ सय ५८ जना जिल्ला भित्रिएका छन् । अहिलेसम्म जिल्लामा १ सय ९५ जनाको मात्र र्यापीट टेस्ट गरिएको छ  । 

पछिल्लो समय जहाजबाट हुम्ला आउनेहरुको र्यापीट टेस्ट नगरि उद्धार गरिएकाले जिल्लाबाट लिएको किटको प्रयोग नहुँदा कर्णाली प्रदेश सामाजिक मन्त्रालयले सो किट जिल्लामै पठाउने भनिएको भएपनि हालसम्म नआएकाले किट अभावमा कोरोना परीक्षणको काम रोकिएको प्रमुख सिंहको भनाई छ ।

प्रदेश सरकारसंग नभएर नै हुम्ला जाने नागरिकको परिक्षणका लागि जिल्लाबाट किट मगाइयो । तर परिक्षण नगरी जहाजले बोक्न माने पछि जिल्लाबाट ल्याएका किट जिल्ला पठाउने भन्दै हवाई सेवा बन्द भएकाले पठाउन समस्या भएको हो अब हवाई सेवा सुचारु हुने बित्तिकै किट हुम्ला  पठाउने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए ।  

बैशाख १८ गतेयता हुम्लामा पैदल मार्गबाट ७ सय ७४ जना र हवाई मार्गबाट ४ सय ८३ जना नागरिक भित्रिएका छन् । 

उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिने र त्यसपछि भाइरस संक्रमणको परीक्षण गर्नु पर्ने भएपनि किटको अभाव भएपछि स्वास्थ्यकर्मी नै अन्यौलमा परेकाले हुम्लाका लागि तिनै तहका सरकाले समयमा नै उच्च सतर्कता अपनाई यथासक्य चाँडो आरडीटी किट र आवश्यक स्वास्थ्य सामग्रीको यथेष्ट व्यवस्था गरि विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गरि बैशाख १८ गते यता बिना चेक जाच जिल्ला बाहिरबाट भित्रिएका केहि क्वारेन्टिनमा बसेपनि आफन्तसंग भेटघाट गर्ने गरेका र केहि क्वारेन्टिनमा नबसी सिधै आ आफ्नो घर गएकाले कोरोना भाइरसको संक्रमण फैलिने हो कि भन्ने सन्त्रासलाई चिर्न कोरोना भाइरस कोडिभ (१९) परीक्षण गर्नु जरुरी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ