arrow

देउवाले विराट मिलको मजदुर आन्दोलन सम्झे, गिरिजालाई सम्झेनन्

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
sher-deuba.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको मजदुर  आन्दोलनलाई सम्झिएका छन् । यद्यपि, उनले मज्दुर आन्दोलन आरम्भ गर्ने गिरिजाप्रसाद कोइरालालाई सझिन छुटाएका छन् ।
 
उनले विराट जुट मिलको मजदुर  आन्दोलनलाई सम्झे पनि शुभकामना सन्देशमा गिरिजालाई सम्झेका छैनन् । वीपीको प्रिय पात्र बनेका देउवाको गिरिजासंग भने त्यति सम्बन्ध बन्न सकेको थिएन ।  
 
देउवाले १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ को अवसरमा शुभकामना दिँदै नेपाली कांग्रेस मजदुरहरुको अधिकार प्रत्याभूतका लागि सधैं अग्रपंक्तिमा रहने प्रतिवद्धता गरेका छन् । 
 
उनले अन्तर्राष्ट्रिय मजदुर  दिवसको अवसरमा नयाँ संविधानले व्यवस्था गरे अनुसार आगामी दिनमा नेपाली मजदुरहरुको हक अधिकार प्रत्याभूत होस् भन्ने शुभकामना दिएका छन् । यद्यपि, देउवाले पार्टीका ट्रेड युनियन तथा संगठनहरुको मजोर र खस्कँदो संरचनाबारे भने मुख खोलेका छैनन् । 
 
मज्दुर आन्दोलनको सुरुवात गर्ने कांग्रेस नै पछिल्लो समय मजदुर संगठनमा कमजोर हुँदै गएको र मजदुरहरुलाई वेवास्ता गर्दै गएको गुनासा आइरहेका छन् । केवल दिवसका दिन मात्रै सम्झिने परम्परा समेत नेपाली कांग्रेसभित्र रहेको बताइन्छ । 
 
विराटनरगमा २००३ सालमा मजदुर आन्दोलन आरम्भ भएको हो । आन्दोलनको अगुवाई गिरिजाप्रसाद कोइरालाले गरेका थिए । पछि, विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक विदा दिन थालियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ