arrow

स्वघोषित महन्तको कब्जामा जानकी मन्दिर: पैसाको लोभमा राजनीतिक अखाडा बनाएको आरोप

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ वैशाख २४ बुधबार
janaki.jpg

जनकपुरधाम । विश्वकै हिन्दुधर्मावलम्वीहरुको आस्थाको केन्द्र तथा जनकपुरधामको धरोहर श्री जानकी मन्दिर स्वघोषित महन्तले कब्जा गरेको रहस्य खुलेको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले आफु केहि दिन विरामी परेकै बेला सामान्य चेला रहेका रामरोशन दासले मनपरी रुपमा आफु उतराधिकारी रहेको बताउदै मन्दिर प्रशासनको काम कब्जा गरेको बताए ।

रामतपेश्वर दास वैष्णवले भने रामरोशन दास मन्दिरको उतराधिकारी रहेको कुरा सरासर गलत रहेको बताए। आफनो बैरागी चेलाहरु पुरुष १२ जना र महिला ३ जना रहेकोमा रामरोशन दास सामान्य चेला रहेको रामतपेश्वर दास वैष्णवले बताए ।

छेउमै बसेका एकजना शिष्यलाई देखाउदै महन्त दासले भने, ‘उ हेर्नोस मेरो यथार्थ चेला उ हो, हिमान्चल जम्मु कश्मिरका हो र २५ वर्ष देखि मसंगै बस्दै आएको र सेवा गर्दै आएको हो ।’ रामतपेश्वर दास वैष्णवले भने, 'मन्दिरको उतराधिकारी कसैलाई नबनाइएको दावी गर्दै रामरोशन दासले केहि पत्रकारहरुलाई प्रलोभनमा पारि उतराधिकारी लेख्न लगाएर स्थानीय, प्रदेश तथा संघीय सरकारसंग आर्थिक कारोबारहरु गर्ने गरेको र कुनै पनि हिसाव किताव पादर्शी छैन ।'

आफुलाई कुनैपनि जानकारी नगराई जानकी मन्दिरको परम्परा र हिन्दु संस्कृतीको विरोधी गतिविधी गरिरहेको रामतपेश्वर दास वैष्णवले बताए। रामतपेश्वर दास वैष्णवले आर्थिक हिसाव किताव मागेपछि नदिएर उल्टै केही गुन्डालिएर धाकधम्की दिएको सुनाउदै न्यायका लागि पत्रकार र कानुनलाई गुहार्ने बताए ।

मिडियामा पनि उनकै तस्वीरहरु छापिन्छ, मेरो प्रतिक्रिया पनि लिन दिदैन महन्त रामतपेश्वर दास वैष्णवले सुनाए । जानकी नवमी र विवाहपञ्चमीमा पैसा असुल्नकै लागि आफुलाई कुनै जानकारी नै नदिई एउटा समिति बनाएर कुनै बैंकमा खाता सञ्चालन गरि केन्द्र सरकार, प्रदेश सरकार र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदसँग रोशनले करोडौं रुपैयाँ असुल गरेको महन्थ दास वैष्णवले बताए ।

रोशनले मेरो अनुमति बिना नै सबै काम आफ्नै ईच्छाले गर्छ रामतपेश्वर दास वैष्णवले भने, मलाई त उसले कोसँग कति पैसा लिन्छ त्यसको कुनै जानकारी नै दिदैन । पैसाको कुनै लेखाजोखा हुँदैन जबकि विवाहपञ्चमी, जानकी नवमी लगायतका पर्वहरुमा भारतको मुम्बईका आफ्नो एकजना चेला पवन चौधरीले विगतदेखि नै सबै खर्च व्यहोर्दै आएका उनले बताए । 

रोशनले जानकी मन्दिरको सभ्यता र मर्यादालाई हनन गरिरहेको महन्त रामतपेश्वर दास वैष्णवले बताए । रोशनले पैसाको लोभमा जानकी मन्दिरलाई राजनीतिको अखाडा बनाएको दाबी गर्दै महन्त रामतपेश्वर दास वैष्णवले विवाहपञ्चमीमा कुनै भिभिआईपीलाई बोलाउँदा आफुलाई कुनै किसिमको पूर्व जानकारी नरहेको बताए ।

महन्त रामतपेश्वर दास वैष्णवले, जानकी मन्दिरको सम्पूर्ण भार स्वयं बहन गर्न तयार रहेको बेलामा रोशनले किन अरुसँग हात फैलाउनुपर्यो भनेर प्रश्न समेत गरे । ‘मलाई त उसले तपाईं मलाई महन्थ बनाईदिनुस भनेर पटक पटक दवाव र धम्की समेत दिइरहेको छ’– उनले भने– ‘तर जब २०३३ को विधानमा कत्तै छोटा महन्थको प्रचलन नै छैन् भने मैले उसलाई महन्थ घोषणा गर्ने कुरै आएन्।’ उनले भने– ‘मन्दिरमा पूजापाठ, भोगराज सबै बन्द हुन्छ तर रोशनको कक्षमा केटीहरु डान्स वार मनोरञ्जनात्मक कार्यक्रम चलिरहन्छ । यहि होर एउटा सञ्चालकको कर्तव्य ?’

जानकी मन्दिर गुठी संस्थानको सम्पत्ती रहेकोले यसको सम्पूर्ण अधिकार गुठीकै मातहतमा रहेको र आफुले रोशनलाई महन्थ बनाउन नपाउने कानूनी आधार पनि रहेको महन्त रामतपेश्वर दास वैष्णवले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ