arrow

प्रचण्डले भने, ‘हाम्रो पार्टी मात्रै हो मजदुरको राजनैतिक अग्रदस्ता’ (वक्तव्यसहित)

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
pdahal.jpg.jpeg
काठमाडौं । एककिृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुको कार्यभार भएको बताएका छन् । 
 
१२७औं मे दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै दाहालले भनेका छन्, ‘संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवं उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।’ 
 
यद्यपि, दाहाललाई पछिल्लो समय आफ्नै पार्टीभित्रका मजदुरहरुलाई जोगाउन मुस्किल भएको छ । उनी अहिले फेरि माओवादी विचारधारा भएका व्यक्ति, समूह र संगठनसंग एकता खोजिरहेका छन् । दाहालले वक्तव्यमा ‘संसारका मजदुर एक होऔं’ र ‘विद्रोह जनताको अधिकार हो’ भन्ने महान् नारा अन्तर्गत समाजवादका निमित्त निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्प सुदृढ गर्नु नै मे दिवस मनाउनुको अर्थ हो भन्दै सम्पूर्ण मजदुरको नेतृत्व आफुहरुले नै गरिरहेको छनक दिएका छन् । 
127th-1st may-day_CMPrachanda_statement



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ