arrow

कांग्रेस नेता भन्छन्, ‘एमालेको निर्णय हचुवा, प्रदेश ७ को राजधानी दिपायल हुन्छ’

logo
प्रकाश बम,
प्रकाशित २०७३ वैशाख १९ आइतबार
balayer-g.jpg.jpeg
डोटी । नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा सांसद बिरबहादुर बलायरले उखान टुक्काको भरमा मात्र सरकार नचल्ने बताएका छन् । दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै बलायरले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारको प्रमुख बोल्नु भनेको मुलुक बोल्नु हो, यस्तै तरीकाले सरकार अगाडी बढेमा मुलुक अत्यन्त जर्जर अवस्थामा जाने छ ।’
 
वर्तमान सरकार जटिलताका मुद्दा तर्फ नगएर मन्त्रालय बाँडफाँडमा लागेको समेत बलायरको आरोप छ । संविधान कार्यन्वयनमा पार्टीबीच मतभेदको भावना हटाइनु पर्ने भन्दै उनले कांगे्रसले प्रतिपक्षको भुमिका राम्रोसंग निभाएको र सरकारमा जान नहतारीएको उल्लेख गरे । 
 
प्रदेश ७ को राजधानी राख्ने आधिकारीक डिसिजन के हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले प्रादेशिक सभाले राजधानीको टुङ्गो लगाउने बताए । यसअघि, एमाले बैठकले प्रदेश ७ को राजधानी कैलालीको अत्तरिया राख्ने निर्णय गरेपछि सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम समेत रहेको डोटीका जनता आक्रान्त भएका छन् । प्रदेश नम्बर ७ को राजधानी दिपायल भन्दा अन्य ठाउँ हुनुको विकल्प छैन–बलायरले भनेका छन् । 
 
पहिले देखिको क्षेत्रीय सदरमुकाम, भौतिक संरचान भएको, मुख्य केन्द्र भएको, सुरक्षाका दृष्टिकोणले राम्रो लगायतले दिपायल भन्दा अन्य ठाउँ राजधानी हुन नसक्ने बलायरको ठोकुवा छ । अन्य ठाउँमा राजधानी के कारणले बनाउने भन्ने कुराको पुष्टि नगरेर हावाका भरमा भन्नु त्यति उपयुक्त नहुने उनको भनाई छ । फरक प्रसंगमा बोल्दै अहिले देशभर बनमाराहरुले  आगो लगाएको र आगो लगाउनेलाई कानुनी कारबाही गर्नु पर्ने बलायरले बताए । 
 
डोटी र अछाम सिमानामा हतियार सहित समातिएका ५ भारतीय प्रहरीहरुलाई सजिलो तरीकाले छोड्नु सरकारमा बसेकादलहरुको कमजोरी रहेको उनले बताए । स्वतन्त्र, सार्वभौम, स्वाधिन राष्ट्र नेपालमा सिधै भारतले हस्तछेप गर्न खोजे सैह्य नहुने उनले पत्रकार सम्मेलनमा बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ