arrow

नेविसंघ महाधिवेशनको सबै जिम्मा प्रकाशशरणलाई, १० दिनमा मिति तय हुने

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
prakash-saran-maht.jpg.jpeg
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेविसंघको महाधिवेशन गराउन सम्पूर्ण जिम्मा केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन् ।  देउवाले बिहान बुढानिलकण्ठ स्थित निवासमा नेविसंघका वर्तमान अध्यक्ष रञ्जित कर्ण र पूर्व–उपाध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेसजंग शाहसंग छलफल गरेर महाधिवेशनको सम्पूर्ण जिम्म प्रकाशशरण महतलाई दिएको जानकारी गराएका हुन् ।
 
देउवाले कर्णलाई तत्काल महाधिवेसनको मिति तोकेर अघि बढ्न समेत भनेका छन् । छलफलपछि कर्णले हाम्राकुरासंग भने, ‘पार्टी सभापतिले नै महाधिवेशनको सम्पूर्ण जिम्मा प्रकाश दाईलाई दिनु  भएको छ, हामीले उहाँलाई सहयोग गर्छौं ।’ यसअघि, महाधिवेशन निर्देशन समति समेत गठन भएको थियो । कर्णले सभापतिले तत्काल महाधिवेशनको मिति घोषणा गर्न भनेको भन्दै, अबको १० दिन भित्र नेविसंघको आधिकारीक बैठक बस्ने र तिथी, मिति तय हुने जानकारी दिए । 
 
कर्णका अनुसार नेविसंघले असार १० भित्र महाधिवेशन सक्ने लक्ष्य लिएको छ । तत्काल कार्यसमिति विवाद रहेका १० जिल्लाको विषय टुंगो लाग्ने र समस्या रहेका दुई तीन जिल्लालाई अधिवेशन गर्न लगाउन नभए महाधिवेशनमा उनीहरुलाई सामेल नगर्ने विषयमा समेत छलफल भएको कर्णले बताएका छन् । 
 
यस्तै, नेविसंघका नेता जितजङ्ग बस्नेतले छलफमा कर्ण र शाहलाई मात्र बोलाएको जानकारी दिंदै प्रकाशशरण महतलाई जिम्मेवारी दिनु राम्रो भएको बताए । पहिले पनि निर्देशन समिति गठन भएको जानकारी दिंदै उनले अहिले सबै जिम्मा महतलाई दिएको सुनाए । 
हामी संग असोज सम्मको मात्र समय भएकाले असार भित्रै महाधिवेशन भए झन् राम्रो हुने उनको भनाई छ । उनले भने, ‘असारमै भए त, झन् महिला संघ र तरुण दल भन्दा अघि हुन्छौं ।’ 
 
देउवा सभापतिमा निर्वाचित भएपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिनाभित्र सबै भ्रातृ संगठनको अघिवेशन गर्ने निर्णय गरेको थियो । तरुण दल र महिला संघको अधिवेशनको मिति तय भइसकेको छ । २०६३ साल यता बारम्बार मिति तय भएपनि नेविसंघको महाधिवेशन हुन सकेको छैन ।
 
८ वर्षअघि तत्कालिन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएकामा नेविसंघमा दुई पक्षबीचको विवादका कारण हाल सम्म अधिवेशन हुन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ