arrow

डा. भोलाले भने, ‘श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवसले सार्थकता पाउछ’

धरहराको टुप्पोबाट खसेर बाच्न सफल सेढाईलाई सम्मान

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
om-hospital.jpg.jpeg
काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवं स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले श्रमको उचित सम्मान गरेमात्र श्रमिक दिवसले सार्थकता पाउने बताएका छन् । १२७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनले आयोजना गरेको कार्यक्रममा डाक्टर रिजालले भने, ‘श्रमिक दिवसले  सार्थकता जुनबेला पाउने छ, जब श्रमको उचित सम्मान मात्र हुन थाल्छ ।’
 
डा.रिजालले सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न पाउनु पर्ने धारणा राखे । कर्मचारीहरुको योगदानका कारण स्वास्थ्य संस्था सहित व्यवस्थापन पक्ष मजवुत भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि कर्मचारी र व्यवस्थापन पक्षबीच समन्वयनकारी भूमिका निर्वाह गर्र्दै अगाडी बढ्ने विश्वास गरे । 
 
नेपाली श्रमिकको हक र हित सुनिश्चित गर्न दिवसले प्रेरणा प्रदान गर्ने डा. रिजालको भनाई छ । डाक्टर रिजालले गत वैशाख १२ गते गएको भूकम्पका समयमा कर्मचारीहरुले खेलेको भुमिका र गरेको सहयोगको खुलेर प्रशंसा गरे ।  
 
कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनका अध्यक्ष केशव प्रसाद चौलागाईले व्यवस्थापनले मजदुरलाई अभद्र व्यवहार गर्ने कमजोर पार्ने, श्रम  शोषण गर्ने,  लगायतका अनेकौ अधिकारबाट बन्चित गर्ने कामहरु भैरहेको भन्दै यस्ता मजदुरको हित बिपरित गरिएका कामलाई युनियनले निस्तेज पार्ने र पार्दै आएको पनि बताए ।
 
उनले भूकम्पका समयमा पनि आफुहरुले घर परिवार नभनी घाइतेहुनुभएका पिडितहरुको उपचारका लागी निरन्तर लागी परेको सुनाए । ट्रेड युनियनको नाममा राजनीति गरेर संस्थालाई धरासायी बनाउने भन्दा पनि संस्था बलियो बनाउने काममा आफुहरु लागी परेको स्पष्ट पारे । 
 
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सक्रिय रहेर पत्रकारीताको माध्यमबाट कलम चलाएको भन्दै पत्रकार अर्जुन अधिकारी सम्मानित भए । अधिकारीले लामो समय स्वास्थ्य क्षेत्रमा सम्लग्न रहि परिवर्तनका लागि कलम चलाएको भन्दै सम्मान गरिएको व्यवस्थापकहरुले बताएका छन् । 
 
त्यस्तै भुकम्पका बेला धरहराको टुप्पोबाट खसेर बाच्न सफल नर्स बविता सेढाईलाई पनि दोसल्ला ओडाएर सम्मान गरियो । त्यस्तै भूकम्पका बेला उल्लेख्य योगदान गरेका १२ बढी व्यक्ति सम्मानित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ