arrow

सांसदहरुको कोरोना परिक्षणका लागि लिइयो स्वाब

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
sher-bahadur-deuba-corona-t.gif

काठमाडौं। संघीय संसद सचिवालयले सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गरेको छ। यसक्रममा सबै सांसद र कर्मचारीहरुको स्वाब संकलन भएको छ। संसदमै सबै सांसद र कर्मचारीहरुको स्वाब संकलन भएको हो। 
 
सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेर बहादुर देउवा सहितका काठमाडौंमा उपलव्ध अधिकांश सांसद र कर्मचारीहरुकोब संकलन भएको संसद सचिवालयले जनाएको छ। काठमाडौंमा नभएका सांसदहरुको भने शुक्रवार समेत कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने छ।

संघीय संसद अन्तर्गत कुल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाको ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा ४४१ जनाको स्वाब संकलन भएको छ । बाँकी साँसद, सुरक्षाकर्मी र कर्मचारीको परिक्षण शुक्रवार विहान ८ बजे देखि १० बजेसम्म संसद भवनमै स्वाव संकलन गरिने सचिवालयले जनाएको छ । शुक्रवारबाटै संसदको बजेट अधिवेशन बस्न लागेको छ।  

मंगलवार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा मंगलवार बसेको संघीय संसद कार्यव्यबस्था परामर्श समितिको बैठकले सबै सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्ने निर्णय गरेसँगै बिहिवार स्वाब संकलन गरि कोरोना परिक्षण गर्न लागिएको हो। सोहि वैठकले संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई डिसइन्फेक्सन गर्ने निर्णय गरेको थियो।

वैठकले विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने र संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय पनि गरेको थियो।

यसअघी संघीय संसदकै सांसद दिव्यमणी राजभण्डारीले सबै सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्न माग गरेका थिए। सामाजिक संजालमा पनि सांसदहरुको कोरोना परिक्षण हुनुपर्ने माग भएको थियो।



नयाँ