arrow

संसद बस्नु अघी सबै सांसदको कोरोना टेस्ट गर्न सांसद दिव्यमणीले गराए ध्यानाकर्षण

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
dibyamani-rajbhandari-dari.gif

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले संसद बस्नुअघी सबै सांसदको पीसीआर टेस्ट गर्न माग गरेका छन्।

कोरोनाका कारण देश पुरै लकडाउनमा रहेका बेला सांसदहरु राहत वितरण लगायतका जनसम्पर्क  काममा रहेका कारण सबै सांसदको कोरोना टेस्ट गर्न राजभण्डारीले माग गरेका हुन्।

राजभण्डारीले भने, ‘देशभरवाट सांसदहरुको आगमन हुने हुँदा स्वयं सांसदहरुबाटनै संक्रमण हुनसक्ने खतरालाइ मध्यनजर गरी अधिवेशन पूर्व सवै सांसदहरु तथा सचिवालयका कर्मचारीहरुको पीसीआर किट मार्फत कोरोना टेस्ट गर्न आग्रह गर्छु।‘

अमेरिका लगायत संसारका विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले पनि कोरोना टेस्ट गराएको उदाहरण दिदै राजभण्डारीले संसद बस्नु अघी सबै सांसदको पीसीआर टेस्ट हुनुपर्ने बताए।   

कोरोना कहरकै विच मन्त्रिपरिषदको सिफारीस अनुसार राष्ट्रपतिले आगामी २६ गते दिउँसो ४ वजे लागि संसदको वजेट अधिवेशन आह्वान गरेकी छिन। प्रत्येक बर्ष जेठ १५ मा वजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।

सांसद राजभण्डारीले कोरोना जोखिमलाइ ध्यानमा राखेर मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्ने गरी संसदको वैठक कक्षको व्यवस्थापन गर्न पनि माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ