arrow

धरहरा पुनःनिर्माणका लागि कोष स्थापना

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Dharahara-Gefont.JPG.jpeg
काठमाडौं । म बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियानअन्तर्गत नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाको धरहरा पुनःनिर्माण कोष स्थापना गरेको छ । १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलको उपस्थितिमा उक्त कोष स्थापना भएको हो ।
 
कोषमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्ट अध्यक्ष विष्णु रिमालले आफ्नो ३ दिनको तलब दिने घोषणा गरेका छन् । आजैबाट धरहरा बनाउन म पनि सामेल जिफन्टको यो अभियानमा सम्पूर्ण श्रमिकहरुलाई एक दिन बराबरको तलब प्रदान गर्न जिफन्टले आब्हान गरेको छ । 
 
कोषमा होटल क्षेत्रको मजदूर यूनियन नेस्वहोमयू शोल्टीले ५० हजार प्रदान गरेको थियो भने पर्यटन क्षेत्रको मजदुर यूनियन यूनिट्राभ अन्तर्गत हिमालयन इन्काउन्टर ठमेलले २० हजार प्रदान गरेको थियो । कार्यक्रममा जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यो साल नवनिर्माण र पुनःनिर्माणको नीम्ति महत्वपूर्ण भएकाले सबै श्रमिकलाई यो अभियानमा सामेल हुन आग्रह गरेका थिए । 
 
कोषमा सहयोग प्रदान गर्न इच्छुक व्यक्तिहरुले राष्ट्रिय वाणिज्य बैंक थापाथलीको धरहरा पूननिर्माण कोषको चल्ती खाता नं. १४३०००१९८००१ सहयोग प्रदान गर्न सकिने जिफन्टका महासचिव विष्णु लम्सालले जानकारी दिए । कार्यक्रमका अवसरमा जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायद्धारा लिखित ʽशाही तबेलाका बुढा घोडाहरुʼ नामक कविता संग्रह विमोचन गरिएको थियो ।
 
२०६२–६३ को आन्दोलनका गतिबिधीलाई समेटेर कवितासंग्रह सार्वजनिक गरिएको लेखक एवं पूर्वमहासचिव उपाध्ययले जानकारी दिएका छन् । जिफन्टले देशका मुख्य शहरहरु विर्तामोड, विराटनगर, गाईघाट,लालबन्दी, सिमरा, पोखरा, बुटवल,नेपालगंज, घनगढी, दोलखा लगायत शहरहरुमा अञ्चलस्तरीय कार्यक्रम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ