तुलसीपुरका व्यापारीहरु आन्दोलित, पसलहरु अनिस्चितकालका लागि वन्द
शरद रेग्मी,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
306
Shares
तुलसीपुर। इलाका प्रहरी कार्यालय तुलसीपुरले ज्यादती गरेको भन्दै व्यापारीहरु आन्दोलित भएका छन्। कोरोना भाईरसको संक्रमणवाट वच्न सरकारले चैत्र ११ गते देखि शुरु गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी कष्टकर वन्दै गए पछि तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्नका पसलहरु विहान ९ वजे सम्म खोल्ने निर्णय भएको थियो ।
स्थानिय सरकार र प्रहरी प्रशासनसंगको समन्वयमा खोलिएका पसलहरुमा आएर प्रहरीले जथाभावी लाठी प्रहार गरेको भन्दै तुलसीपुरका व्यापारीहरुले अनिस्चितकालका लागि सबै व्यापार व्यवसाय, उद्योग कलकारखाना वन्द गर्ने निर्णय गरेका हुन ।
शुक्रवार तुलसीपुर उद्योग वाणिज्य संघमा भएको छलफल पछि व्यवसायीहरुले प्रहरीले कृष्ण वहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै गएर व्यवसायीलाई कुटपिट गरेको घटनाको निन्दा गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकमा वोल्ने अधिकांस वक्ताहरुले ग्याँस लगायतका अतिआवश्यक वस्तुहरु समेत सरल रुपमा विक्रिवितरण र आवत जावतमा अवरोध पुरयाएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा संस्थापक अध्यक्ष डिल्ली वहादुर वस्नेत, पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, चिरन्जीवी रिजाल, उत्तम कुमार श्रेष्ठ, हेमन्त कुमार रिजाल, विमल रिजाल लगायतले व्यवसायीको हकहितका लागी स्थापना भएको
संस्थाले सबै सदस्यहरुको संरक्षण गर्ने दायित्व वोकेको भन्दै अन्यायमा परेका व्यवसायीहरुका लागि आफूहरु जस्तो सुकै चुनौतिको पनि सामना गर्न तयार रहेको वताएका थिए ।
व्यवसायीहरुवाट पटक पटक गुनासो आए पछि वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीसँग छलफल र समस्या राख्दा कार्यालय प्रमुखवाट आएको प्रतिवद्धता समेत पुरा नभए पछि वाध्य भएर आफ्नो र व्यवसायीको सुरक्षा लाई मध्यनजर गर्दै व्यापार व्यवसाय वन्द
गर्नु परेको उल्लेख गरिएको छ ।